कस्तो मायाँ : गीता भट्टराई

गीता भट्टराई

####कस्तो मायाँ####

नहिड न बोकी झोला फर्कि आउन झट्ट ।
कुटुकुटु मुटु खाने मायाँ भयो बिछट्ट।।
सिन्दुरको रेखा तान्यौ दुईपट्टि सिउँदो पारी।
बस प्यारी!भनी हिड्यौ मर्नु न जिउँदो पारी।।

समाएका हात मेरा खुस्कियो सुस्त सुस्त ।
रहनेछ अजम्बरी हाम्रो मायाँ दुरुस्त ।।
यति भनी तिमी पनि मसँगै हो रोएको।
आजतिमी पसिनाले छौ शरीर धोएको।।

तिम्रो बाटो हेरि कत्ति आशाहरु सजाएँ।
कतिवटा सिरानी त आँसुले नै मकाए।।
तिमीतिर मेरो मायाँ फैलियो दुबो जस्तो ।
न त फोन न त चिठ्ठी भा काछौ तिमी कस्तो ।।

नचिनेरै पनि तिम्रो मायाँ कत्ति हो कत्ति।
तिमीबिना मेरा सारा दिनका भो बिपत्ति ।।
मरुभूमि बिच तिमी गर्छौ कि खुइया खुइया।
(फर्कि आउ मेरो प्यारा!चाहिन्न भो रुपैयाँ ।।)३

यो कबिता २०६०/५/१९ मा लेखिएको हो।
रबि लामिछाने पछी अर्को कविता