सिरियामा मारिएका बालबालिका हरुको लागि प्रवासी चेली हरुको आवाज सहित प्राथना भिडियो

कल्पना लवाटी इजराइल,
इजराइलको बसाईमा काम गर्दै आएकी कल्पना लवाटी आज भोलि सामाजिक संजाल मार्फत लाइव भिडियोमै लिम्बुवान हरुको मौलिकता झल्काउने चेतनामुलक संदेश बोकेका हास्यास्पद भिडियो लेउने कर्ममा सारै चर्चामा आउन थालेकी छन | उनी संगको हाम्रो कुराकानीमा उहाले भन्नु हुन्छ यो एउटा संस्कृति झल्काउने प्रतिभा मलाई राम्रो लाग्छ अनि दर्शक हरुले पनि सारै मन पराइ दिनु भएको छ तेस कारणले पनि मैले यसलाई निरन्तरता दिन सफल भै रहेकी छु| यो मेरो आफ्नो प्रतिभा हो कसै संग मेल खादैमा मैले उहाहरुलाइ कपी गरेको भन्ने कुनै पनि मेरो विचार छैन | आजको को भिडियोमा सिरियामाथी अमेरिकाले गरेको अमानवीय व्यवहार सम्बन्धित र हमलामा दर्जनौ बालबालिकाको ज्यान गयो तेही संदर्बमा कल्पनाजी को आवाज सहित भिडियो हेर्नुहोला :

ज्वाला संग्रौला जापन,
सिरियामाथीको अमेरिकी दादागिरी मुर्दाबाद..! ती कलिला बच्चाहरुको रगत चुसेर साम्राज्यबादको हैकम चलाउने डोनाल्ड, तिम्रो एघार बर्षे छोरोलाई तिम्रै आँखा अगाडि कन्चटमा ताकेर गोली ठोक्दा तिमीलाई कस्तो हुन्छ? सोच…!!
यतिबेला संयुक्त राष्ट्रसँघ मरेको मुर्दा जस्तै चुपचाप पसारिनु, कुबेत, रसिया , इराक़ , इज़रायल ,उत्तर कोरिया आदि मुलुकले समेत अप्रत्यक्ष रुपमा सिरियामाथी हस्तक्षेप गर्दै युद्दलाई प्रोत्साहन गरिरहनुले सिरियाको भविस्य नै जोखिममा परिरहेको छ! शक्ति र हतियारको चरम दुरुपयोग गरेर अन्य मुलुकमाथी गुण्डागिरी जमाउन कुनैपनि हातीसुँडे ट्रम्पेहरुलाई छुट छैन! बिचरा ती बच्चाहरुको के दोष थियो??
#pray_for_syria!