धर्मानन्द भट्टको जन्मस्थली कविता कृति लोकार्पण (भिडियो सहित)

जन्मस्थली कविता कृति लोकार्पण

धर्मानन्द भट्टद्वारा रचना गरिएको “जन्मस्थली” छन्द कवितासङ्ग्रह वि.सं. २०७४ फाल्गुण १९ गते लोकार्पण भएको छ । भ्याली पब्लिक माद्यमिक विद्यालय भङ्गाल,सुन्दरबस्ती,काठमाडौंका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले प्रकाशन गर्नुभएको उक्त कृति भ्याली पब्लिकको रजत जयन्ती अवसरमा लोकार्पण भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक केशवराज अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङ सभापति रहनुका साथै प्रमुख अतिथि माननीय थममाया थापा,अतिथि सांसद् दीपक निरौला तथा विभिन्न विदेशी पाहुनागणको उपस्थिति रहेको थियो । पानसमा वत्ती बाल्नुका साथै राष्ट्रिय गान बजाएर प्रारम्भ गरिएको यस कार्यक्रममा सविना सुवेदी र मनोज ढकालको स्वागत मन्तव्य रहेको थियो । विद्यार्थी,अभिभावक तथा अन्य थुप्रै व्यक्तित्वको उपस्थिति रहेको रजत जयन्ती कार्यक्रमका अतिथि दीपक निरौला,कवि डा.लेखप्रसाद निरौला,लीलबहादुर गुरुङ,कृष्णप्रसाद अधिकारी,सुनिता अधिकारी,भुपेन्द्र निराजन खनियाँ,महेश अधिकारी,केशव अधिकारीलगायत विदेशी पाहुनाहरूको बाहुलीबाट “जन्मस्थली” छन्द कविता कृतिको लोकार्पण भएको थियो । लोकार्पणकै अवसरमा कवि डा.लेखप्रसाद निरौलाज्यूले कविता कृतिमाथि छोटोमीठो,सारगर्भित टिप्पणी गर्नुभएको थियो ।