७५ हजार मनिसका अघि केपीको यस्तो भाषण, सुनेर सबै चकित भए (भिडियो)

गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा ७५ हजार मानिसले बिशेष पास लिएर बुद्ध वचन वाचन गरेका थिए । बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले शान्तिको प्रतिक बुद्धको जन्मथलो नेपालमा शान्तिका लागी आग्रह गर्नुभयो । अहिले पनि नेपालमा हिसांको बाटो रोज्न खोज्ने केहि मानिसहरु रहेको रहेको भन्दै उहाले शान्तिको बाटो अपनाउन आग्रह गर्नुभयो । उहाले शान्तिपूर्ण नेपाल निर्माणको लागी सबै एक हुनेबेला आएको धारणा राख्नुभयो ।