“बुद्ध नेपालमा जन्मेको” ।।कत्तिको उचित नारा।। के हुनुपर्छ बुद्धिष्ट को नारा? भिडियो सहित

आचार्य पेरिक थकाली,

आचार्य पेरिकले भारतको नाम्डोलिङ गुम्बामा स्थित ङिङ्मा विश्वविद्यालयबाट बौद्ध धर्मको सुत्र-तन्त्र लगायत सम्पुर्ण अध्ययन २०१४ सालमा पुरा गरि हाल नेपालमा बौद्ध धर्मको प्रचार प्रसारमा प्रयासरत हुनुहुन्छ। धेरै श्रोता र दर्शक माझ ज्ञानको खुराक पस्कनको लागि उहाँले युटुब फेसबुक आदि सामाजिक संजाल मार्फत प्रवचन र अन्तरक्रियाहरु प्रस्तुत गरिराख्नु भएको छ।
उहाँले बौद्ध धर्म मात्रै नभईकन सम्पूर्ण धर्मलाई संगालेर व्याख्या गर्नुहुन्छ। र विशेष गरेर (देशमा शान्ति-समृद्धिको लागि धर्म सचेतना, र सुखी जीवनको लागि धर्म र ध्यानको अभ्यास) भन्ने अभियान कार्यक्रम शुरु गर्नु भएको छ। र प्राणि रक्षा तथा शाकाहारी जीवनको संदेश अभियानमा पनि सक्रिय हुनुहुन्छ।

आचार्य पेरिक थकाली अहिलेको समयमा धर्मको अभ्यास गर्न धेरै गार्हो छ। त्यसैले हामी सबै पापकर्मबाट मुक्त हुने कोशिष गर्नु सबभन्दा जरुरी हुन्छ। र पापकर्मबाट मात्रै मुक्त हुन सकेमा अहिलेको युगमा धेरै ठुलो उपलब्धि हुनेछ। किनकि पापकर्म त्यागिएन भने धर्माभ्यास पनि हुन सक्दैन र दुखको आगमन पनि रोकिने छैन।
तसर्थ धर्मको अभ्यास र यात्रा शुरु गर्नु पुर्व दश अकुशल कर्म अन्तरगतको हिँसा काटमार अनिवार्य त्याग्नै पर्ने हुन्छ। र यथासक्य मासु सेवन पनि बन्द गर्नु पर्छ।
“बुद्ध नेपालमा जन्मेको” ।।कत्तिको उचित नारा।। के हुनुपर्छ बुद्धिष्ट को नारा? हेर्नुहोस यो भिडियो

आज एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमान गरिएको छ । विश्व कीर्तिमान राख्ने नेपालको प्रयासमा हजारौको सहभागीता रहेको हो । यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। चर्चित पत्रकार रवि लामिछानेले सामाजिक संञ्जालमा आफुसहितको हजारौको सहभागिता रहेको फ़ोटो सार्वजनिक गरेका छन् । उनले थपे, ‘ बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो। संसारमा अझै भ्रम छ त्यो चिर्न यस्ता कार्यक्रमहरु चहिन्छन। अर्को देशले ७५ हजार एक जना जम्मा गरेर बुद्ध उसको देशमा जन्मेको भन्यो भने त्यहि देशको हुने होइन।’
सिधा कुरा जनतासंगका प्रस्तोता लामीछानेले उत्साहित हुदै भने, ‘यो प्रयासले प्रमाणित तथ्यलाई थप प्रचार प्रसार गर्छ। सहभागी सबैलाई धन्यवाद।‘

रबिलामिछानेको फेसबुक स्टाटस सहित
एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमानकालागि दर्ज भएको छ। यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। यो त बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो। संसारमा अझै भ्रम छ त्यो चिर्न यस्ता कार्यक्रमहरु चहिन्छन। अर्को देशले ७५ हजार एक जना जम्मा गरेर बुद्ध उसको देशमा जन्मेको भन्यो भने त्यहि देशको हुने होइन। मेरो विचारमा यो प्रयासले प्रमाणित तथ्यलाई थप प्रचार प्रसार गर्छ। सहभागी सबैलाई धन्यवाद।