नेपालमै एकैपटक ७५ हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमान

एच.बी ताम्राकार , जापान ।आज एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमान गरिएको छ ।

विश्व कीर्तिमान राख्ने नेपालको प्रयासमा हजारौको सहभागीता रहेको हो । यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो।

चर्चित पत्रकार रवि लामिछानेले सामाजिक संञ्जालमा आफुसहितको हजारौको सहभागिता रहेको फ़ोटो सार्वजनिक गरेका छन् ।

उनले थपे, ‘ बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो। संसारमा अझै भ्रम छ त्यो चिर्न यस्ता कार्यक्रमहरु चहिन्छन। अर्को देशले ७५ हजार एक जना जम्मा गरेर बुद्ध उसको देशमा जन्मेको भन्यो भने त्यहि देशको हुने होइन।’

सिधा कुरा जनतासंगका प्रस्तोता लामीछानेले उत्साहित हुदै भने, ‘ यो प्रयासले प्रमाणित तथ्यलाई थप प्रचार प्रसार गर्छ। सहभागी सबैलाई धन्यवाद। ‘