माता मनकामनाले सबैको रक्षा गरुन, फाल्गुन १९ गते शनिबार मार्च ३ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल फाल्गुन १९ गते शनिबार इश्वी सन २०१८ मार्च ३ तारीख चैत्र कृष्ण पक्ष द्वितीया तिथी चन्द्रमा कन्या राशिमा सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपरेकै उत्तम रहनेछ । तात्कालिन यात्राको सम्भावना आई पर्न सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

तुला राशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते

भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा समय उत्तम रहेकोछ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ । मित्रजनहरुका खराब संगतका कारण सामान्य अपजसको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेकोछ । तात्कालिक अर्थ अभाबको योग बन्न सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामान्य वादबिवादको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा समस्या देखापर्नेछ । गरीरहेकोकार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउनेछ । समय त्यति राम्रो रहेकोछैन ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मानसम्मान प्राप्तीको सम्भावना रहेकोछ ।