मार्मिक गीत “आमाको काख” सार्बजनिक (भिडियो सहित)

सांगीतिक बजारमा एउटा फरक किसिमको गीत “आमाको काख” सार्बजनिक भएको छ l आमाले संसार छोडेर गएपछि छोरीले पाएको दुख , एक्लो पन, पिडालाइ सब्द शब्द सिर्जना गरि गायीका लक्ष्मी तुलाधरले एकल गीत मार्फत आफ्नो कथा व्यथा दर्शक माझ पोखिकी छिन , साच्चिकै भन्नु पर्दा गायीका लक्ष्मी तुलाधरको यो वास्तविक घटनामा आधारित गीत समेत रहेको गायिका बताउछिन l अविरल फिल्म्सले बजार ब्यबस्थापन र दृश्य निर्माण गरेको गीतको निर्माता कृष्ण अन्जान ज्ञवाली रहेका छन l स्वर शब्द लक्ष्मी तुलाधरको रहेको गीतमा संगीत भने उत्सब यसराज ले भरेका छन , बुटवलको विभिन्न स्थानमा छायांकन गरेको भिडियो निर्देशन निर्देशक बिष्णु भट्टराईले गरेका छन भने श्रीन्गार सगुन शर्माको रहेको छ l आमा बिना एक्लिएकी छोरीको कथा व्यथालाई गीतमा प्रस्तुत गरिएको छ , मीरा महोत्रा , कोपिला भण्डारी, कृष्ण अन्जान ज्ञवाली को अभिनय “आमाको काखमा ” देख्न सकिन्छ भने बाल कलाकार विदुषी आचार्यको अभिनयले दर्शकको मन छोएको छ l अविरल फिल्म्सको युटुब देखि सार्बजनिक गरिएको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस l