किन भयो सुनसान सेल्फीडाँडा?(हेर्नुहोस)

सेल्फी डाँडा…सायद धेरैले सुनेको नाम हुनुपर्छ । बनेपा–बर्दिबास बाटोको सिन्धुली जिल्लामा पर्छ, सिन्धुलीगढी दरबार । हो, त्यही गढी दरबारको मुन्तिर छ, सेल्फी डाँडा ।

– आफैं क्यामेरा चलाएर आफ्नो फोटो खिच्ने कला कै भावार्थ हो, सेल्फी । डाँडामा क्यामेरा चलाएर आफ्नो फोटो खिच्न उपयुक्त ठाऊ भएकाले सिन्धुलीको यस ठाऊँको नाम सेल्फी डाँडा राखिएको बुझ्न गार्हो छैन । बनेपा बर्दिबास सडक सञ्चालन भएको केही बर्षपछि जुराईएको यो नाम यति प्रसिद्ध भयो कि सिन्धुलीका चिनारीहरु गढीदरबार, जुनार खेती र सिद्धबाबा मन्दिरको प्रसिद्धीभन्दा पनि यस नामले मिडियामा बढी महत्व पाउन थाल्यो ।

–सेल्फी डाँडा यति प्रसिद्ध र महत्वपुर्ण भयो कि, ओहोर दोहोरगर्दा यहाँ गाडी नरोकि नहुने भयो । एकपोज फोटो नखिचि अघि बढियो भने यात्रा गरेको नगरै जस्तो हुने भयो । यहाँ सुन्तला, जुनार, चटपटे देखि मुख मिठ्याउने खाजा नखाई मानिसहरु अघि नबढ्ने भए । सेल्फी डाँडा एउटा यस्तो स्टेशन भयो जहाँ अनिवार्य गाडी रोकिनै पर्छ ।

– तर, सेल्फी डाँडाको यो चहलपहल धेरै समय रहेन । यो उजाड उजाड जस्तै बनेको छ । यहाँका टहराहरु भत्काइएका छन् । सेल्फी डाँडा गन्हाएर नाक नथ’नी नह’ने बनेको छ । समग्रमा उजाड भएको छ, यो डाँडो । त्यही सुरुवाती परिचयलाई निरन्तरता दिने बाहेक यसको रौनक हराएको छ । हामीले अहिले चटपटे बेचिरहेका दुई पसले र पसल्नीलाई सेल्फी डाँडाका वारेमा विभिन्न जिज्ञासा राख्यौं । हेर्नुहोस् भिडियोमा –