हिजोका राजाहरुले बनाएको नेपालको गौरव र स्वाभिमानलाई दलाल नेताहरुले सत्यानाश पारे: रबि (भिडियो)

मुलुकको स्वाभिमानको चिन्ता अब केवल राष्ट्रप्रेमी नागरिकलाई मात्र छ भने हुन्छ । केहि दशक अघिका भिडियो र फोटो हेर्दा लाग्छ हामी सांचै स्वतन्त्र सार्वभौम स्वाभिमानी देशका बासिन्दा हौ ।
अमेरिका बेलायत इभन भारतले पनि हाम्रा राष्ट्राध्यक्ष सरकार प्रमुख एवम् सरकारका प्रतिनिधिलाई दिएको सम्मान र इज्जतका भिडियोहरु आज पनि सामाजिक संजालमा भेटिन्छन् ।
क्या इज्जत थियो यो देशको सरकार प्रमुख र राष्ट्रप्रमुखको !क्या हैसियत थियो उतिबेला ! तर आजका राजनेताहरुले त्यो सबै माटोमा मिलाएका छन ।
हुदा हुदा हालत यस्तो भयो सहसचिब स्तरको कुनै दुतावासको कारिन्दोले थर्काउने गरेर सत्यानाश भयो हाम्रो कुटनीति र मर्यादा । तिर्थ यात्रा गए झैँ दिल्ली जाने हाम्रा सिल्लीहरुले हिजोको स्वाभिमानको कुनै मुल्य राखेनन ।

फलस्वरुप हाम्रो हैसियत नोकरको जस्तो हुनु गयो र उनको हैसियत मालिकको जस्तो । संबिधान सभाको मुद्दा हाम्रो हो भनेर झ्याली पिट्यो तर त्यो मुद्दा भारतको रहेछ । संबिधान संसोधन हाम्रो निजि मामला हैन ? किन नेपालको संबिधान संसोधनको बारे भारतलाई जानकारी दिने ??

यत्रो ठुलो त्याग बलिदान संघर्ष गरेर राजनीतिक परिवर्तन गरेका आजका नेताहरुले स्वाभिमान चै तानाशाह भनिएका हिजोको राजा महाराजासंग सिक्नु पर्ने देखियो । यी कुरा रविले सिधाकुरा जनतासंगको १११ औ भागमा ब्यक्त गरेका छन् हेर्नुस तल यसको भिडियो