झमक बहादुर फिल्म युनिटले यसरी मनायो होली

स्कट नेपाल-  उपत्यक्का भित्र विभिन्न ठाउमा रहेका होली स्पेशल कार्यक्रम हरुमा पुगेर झमक बहादुर फिल्म यूनिटले होली मनाएको छ।

पुरानो फिल्म साइनोको आमैले भन्थे धाराको पानी गीत लाई रिमिक्स गरेर झमक बहादुर फिल्मले आफ्नो फिल्ममा समाबेस गरेको छ। ओम सुनार र कविता श्रेष्ठ को स्वर रहेको यस गीतले दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएको छ।

दन्द तथा कमेडी बेसमा रहेको फिल्म झमक बहादुरले शहरी क्षेत्रमा रहेका सुकुम्बासी र धनाढ्य बिचको अन्तर लाई मुल कथा बनाइ प्रस्तुत गरेको छ।

अनुप बिक्रम शाही ,मीन कुमार तामाङ ,यादब देबकोटा सरापे ,राजु कमेडी ,सुजाता थापा ,कल्याण अधिकारी ,कोनिका घिमिरे ,राजन महर्जन, प्रबिन श्रेष्ठ लगायत कलाकरहरुको यस फिल्ममा अभिनय रहेको छ।


द्वन्द्व राजु किराँत राइ,नृत्य निर्देशन राजन महर्जन र छायांकन पबन गौतम को रहेको यस फिल्म 2075साल जेष्ठ 11 गते प्रर्दशन हुने छ। यस फिल्म का निर्माता मीन कुमार तामाङ हुन भने भोमन कटुवाल फिल्म का निर्देशक रहेका छन।