छबि र शिल्पा बिहे गर्दै अन्तरवार्तामै कुरा फुस्कीयो

पोखरा । छविराज ओझाद्वारा निर्मित फिल्म ‘मंगलम’ यतिबेला मोफसल प्रचार९प्रसारको क्रममा पोखरमा पुगेको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्कालगायतको टिम पोखरा पुगेको हो । पोखरमा टिमले पत्रकार भेटघाट कार्यक्रम गरी फिल्मबारे जानकारी दियो ।

फिल्मका बारेमा बोल्ने क्रममा निर्माता ओझाले मंगलम आफ्नो २३औँ फिल्म भएको जानकारी गराउँदै यस फिल्मबाट आफूलाई चुनौतीसमेत भएको बताए । उनले भने, मैले निर्माण गरेका धेरै फिल्म एक्सनप्रधान छन् तर यो फिल्म पारिवारिक फिल्म भएकाले पनि यस फिल्मको सफलतामा मलाई चुनौती छ ।
[youtube https://www.youtube.com/watch?v=3SJ9l3o0VHE]

नवल नेपाल निर्दे्शित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । निर्देशक नेपालले पनि फिल्म पूर्ण मनोरन्जनात्मक बनेको र दर्शकको २ घण्टा समय रमाइलो गरी बित्ने बताए । नायिका तथा निर्मात्री शिल्पा पोख्रेलले फिल्मबाट निकै आशावादी रहेको बताइन्। नायक पुष्प खड्काले पनि फिल्ममा आफूहरूले खुबै मिहिनेत गरेको भन्दै फिल्म सफल हुनेमा विश्वस्त रहेको बताए ।

फागुन २५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईं, नीर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका रहेको छ। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्ममा अतिथि पात्रको रूपमा रहेकी छन् ।

फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ। ‘मंगलम’मा विष्णु घिमिरेको छायांकन, दीपक शर्माको संगीत, गोविन्द फुयाँलको कथा रहेको छ ।