गायिका सुस्मा लामाले सार्वजानिक गरिन आफ्नो मुुटुको धड्कन (भिडियो सहित)

चर्चित गायिका सुस्मा लामा थिङले आफ्नो नँया गित मुटुको धड्कन बजारमा ल्याएकी छिन् । यस भन्दा अगाडी उनले बजारमा ल्याएको तामाङ्ग सेलो लास्सो च्याङबा फ्याफुल्ला पनि धेरै दर्शक श्रोताहरुले मन पराइदिएको र दर्शक श्रोतालाई नयाँ स्वाद दिनको लागि मुटुको धड्कन बजारमा ल्याएको गायिका सुस्मा लामा थिङले बताइन । सबै दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने आश गरिएको यस गितमा सुस्मालाई गाउनको लागि चर्चित गायक प्रमोद खरेलले दिएका छन् भने मोडलिङ्गमा चर्चित नायक पुष्प खड्का र नायिका संचिता शाहीले साथ दिएका छन् । साथै सो गितका शब्द गोविन्द गिरीको छ भने संगित राम सिटौलाको रहेको छ । त्यसैगरि आफ्नो गितलाई हेरेर जस्ताको तस्तै सुझाव दिनको लागि पनि गायिका सुस्मा लामा थिङले सबै दर्शक श्रोतालाई अनुरोध गरेकी छिन् ।