Exclusive Newsअन्तर्वार्तामै खनिए महासचिव भन्छन सलमानको कार्यक्रम रोक्छौ (भिडियो सहित )

भारतीय अभिनेता सलमान खान १ सय १० जनाको जम्बो टोलीसहित स्टेज कार्यक्रमका लागि यसै महिना नेपाल आउँदैछन् । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा आउँदो २६ फागुनमा कार्यक्रम आयोजना हुन लागेको हो । उक्त कार्यक्रममा सलमान करिब एक घन्टा स्टेजमा छाउने छन् । सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु रहनेछन् । सलमानले आफ्ना फिल्मका चर्चित गीतहरुमा प्रस्तुति दिनेछन् ।