प्रदेश नं. ७ को राजधानी धनगढीमा हिम बचाउन एक रुपैयाँ अभियान शुरु ।।

फागुन १४ अछाम
विगत ६ महिनादेखि काठमाडौँमा उपचार गराइरहेका हिम बोहराको उपचारमा सहयोग गर्न सुदूरपश्चिम युवा समाजले धनगढीमा एक रुपैयाँ अभियानको शुरुवात गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका १३ का मृगौलापीडित हिम बहादुर बोहोराको जीवन रक्षाका लागि ७ नम्बर प्रदेशको राजधानी धनगढीमा एक रुपैयाँ अभियान शुरु गरिएको हो ।
आर्थिक अवस्था कमजोर बोहोरा बुवा ज्याला मजदुरी गर्ने गर्छन् । बोहाराकी आमाको पाठेघरको अप्रेसन भएको हुँदा दौडधुप गर्न सक्ने अवस्था छैनन् ।
२१ वर्षका कलिलो उमेरमा दुवै मृगौला फेल भएका बोहराको ६ महिना देखि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । उनीहरुको आर्थिक अवस्था निकै दयनीय भएको र उपचार खर्चमा समस्या परेको भन्दै काठमाडौँमा सुदूरपश्चिम युवा समाजका संयोजक सुरेन्द्र बोहोरा, धनगढीमा कृष्ण बोहोरा र टीकापुरमा यज्ञराज उपाध्यायले अभियान चलाइरहेका छन ।
अभियानकै दौडानमा ७ नम्बर प्रदेशको राजधानी धनगढीमा पनि कार्यक्रम गरीएको छ । सो कार्यक्रम टीकापुरमा अभियान चलाई रहनु भएका अभियान्ता यज्ञराज उपाध्यायलको संयोजगत्वमा भएको थियो । कार्यक्रममा धनगढीमा अभियान चलाई रहनु भएका सुदूरपश्चिम युवा समाजका संयोजक कृष्ण बोहोरा , बसन्तटोल युवा एकता समाजका अध्यक्ष संकर क्षेत्रि , धनगढी वडा नम्बर १ कमैया बस्तीका जालुराम चौधरी लगाएत सम्पुर्ण कमैयको अपस्थीत रहेको थियो ।
काठमाडौँमा अभियान चलाई रहनु भएका सुदूरपश्चिम युवा समाजका संयोजक सुरेन्द्र बोहोराले भन्नु भयो आफुहरु प्रदेश नम्बर ७ को प्रदेश सरकार संग सहकार्य गरी ९ ओटै जिल्लामा यो अभियान बिस्तार गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । साथै उहाँले एक रुपैयाँ अभियानबाट संकलित रकम बचेमा हिम जस्तैे दीर्घ रोगका बिरामीलाई सहयोग गर्ने बताका छन । अहिले आफनो पहिलो प्राथमिकता हिम बोहोराको उपचारमा हुने उनको भनाइ रहको छ । देश तथा विदेशमा रहने सबै नेपालीलाई बोहोराले सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।