अन्तरबार्तामा शिल्पा रिसाउदा पुष्पलाई पर्यो फसाद, भिडियोमा हेर्नुस्

ईटहरी/ निर्माता छविराज ओझा निर्मित चलचित्र ‘मंगलम’ मोफसल प्रचारमा निस्किएको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको यूनिटले पूर्वको धरानबाट प्रचारलाई तिब्रता दिएको हो । चलचित्र यूनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै पोखरा पुग्ने छ । नवल नेपाल निर्देशित चलचित्रले पारिवारिक प्रेम कथालाई बोलेको छ । प्रचारमा हिडेका पुस्प र शिल्पा संग ईटहरीमा रमाईलो कुराकानी भएको छ । हेर्नुस उक्त भिडियो कुराकानी यस्तो छ ।

चलचित्रमा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । चलचित्र फागुन २५ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् । ‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भई सकेको छ ।