ब्लाइन्ड रक्स मुभीको एकाएक बढ्यो चर्चा हेर्नुस पुरै कहानी ( भिडियो सहित )

१६ वर्षको उमेरमा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमा आधारित रहेर फिल्म ‘ब्लाइन्ड रक्स’ बनेको छ । मिलन चाम्सद्वारा निर्देशित यो फिल्म यही शुक्रबार अर्थात् फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । सृष्टिको भूमिकामा नायिका वेनिशा हमाल प्रस्तुत भएकी छन् ।

‘यो मेरो लागि चुनौती र अवसर दुवै हो’, सोमबार आयोजित प्रेसमिटमा वेनिशाले भनिन्, ‘ब्लाइन्ड रक्स खेलेपछि दृष्टिविहिन र अपांगता भएकाहरुप्रति हेर्न मेरो दृष्टिकोण नै बदलिएको छ ।’ वेनिशाका अनुसार दृष्टि गुमाएकाहरु पनि दृष्टि भएकाहरु जत्तिकै सक्षम छन् । ‘देख्न सक्दैन भन्दैमा उहाँहरुलाई विशेष व्यवहारको आवश्यकता छैन् । उहाँहरु पनि सामान्य मानिस सरह हुनुहुन्छ । उहाँहरु हामी जस्तै सक्षम हुनुहुन्छ, वेनिशाको भनाई छ । दृष्टिविहिन सृष्टिलाई पर्दामा उर्तान झण्डै ६ महिना अभ्यास गरेको वेनिशाले बताइन् ।

https://youtu.be/tKSnStS3k-8

https://youtu.be/OnQdRhneQUg