केपी ओलीको ५ बर्षको यति ठुलो सपना !कसले गर्ला पुरा ?हेर्नुहोस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोश्रो पटक प्रधानमन्त्री बनेका छन् । ओलीले दुई बर्षअघि प्रधानमन्त्री बन्दा देशलाई समृद्ध बनाउन विभिन्न सपनाहरु बुनेका थिए ।

ओलीले आम नेपालीमाझ चिनीँया चुच्चे रेलदेखि प्रशान्त महासागरमा नेपाली झण्डाजडित पानीजहाज हुँइक्याउनेसम्मका योजनाहरु बुनेका थिए । भूकम्प र नाकाबन्दीको सास्तीले उकुसमुकुस जनतामा ओलीले बाँडेको सपनालाई कतिपयले हाँसोका रुपमा उडाए भने कतिपयले गहनरुपमा लिँदै उनको वाहवाही पनि गरेका थिए ।

केहीले त उनको मानसिक स्वास्थ्यमाथि समेत प्रश्न चिन्ह ठड्याउन भ्याए । तर ओलीले भने आफू काम गरेर सोच्ने नभै सोचेर काम गर्ने भएकाले आप्mनो योजनाहरु कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

तर सपनाहरु संगाल्दै गर्दा उनले प्रधानमन्त्रीको कुर्सी त्याग्नु प¥यो । र राजिनामा दिँदै संसदमा भनेका थिए–“मैले अघि सारेका बिकासका योजनाहरु अब के होला ?” त्यसबेला उनले राखेको यो प्रश्न अब उनैतर्फ सोझिएका छन् । अहिले आम सर्वसाधारणले सोचिरहेका छन–“ओलीका एकसेएक सपना अब साकार होला ?”
के के थिए ओलीका आकर्षक सपनाहरु ?

भिडियो हेर्नुहोस: