प्रहरीका डिएस्पीले श्रीमती र नाबालक छोरालाई पिटेर घरबाट निकाले, तीन बर्षका छोरामाथी तरबार हान्न खोजे (भिडियो)

जनताको सबैभन्दा बिश्वाशिलो र भरपर्दो साथी प्रहरी हो । समस्या पर्दा छिटो पुग्ने र समाधान खोज्ने बाटो प्रहरीबाट हुन्छ । तर रक्षक नै भच्छेक भएपछि कस्को के लाउँछ ? अरुको लागी शान्ति शुरक्षा दिदै हिड्ने प्रहरीले आफ्नो परिवार त्यो पनि श्रीमती र छोरालाई यस्तो सम्म गर्छ भनेर सायद कसैले सोचेका पनि हुदैनन् ।
काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन ।‘मैले कुनै निकायबाट न्याय पाईन । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’ थप भिडियोबाट हेर्नुहोस्