सिरियाका हृदयविदारक तस्विरहरु : मानवता लोप भएकै हो त ? यसरी बोल्छन यी तस्विरहरु ….

सिरिया सरकारले विद्रोही समुहमाथी एक सातामा गरेको हवाई हमलामा परेर पाँच सय सर्वसाधारणको मृत्यु भएको छ।

बेलायतस्थित सिरिन अब्जर्भेटरी फर ह्युमान राइट्सका अनुसार सो आक्रमणमा १२१ जना बालबालिका मारिएका छन्।

सिरिया सुरक्षाबलले रुसको सहयोगमा विद्रोहीको क्षेत्रमा एक सातादेखी लगातार हमला गरिरहेको छ।

बिद्रोही र सरकारी सुरक्षाबलको चेपुवामा परेर थुप्रै निहत्था सर्वसाधारणले ज्यान गुमाईसकेका छन् भने हजारौं घाईते भएका छन्।

उक्त क्षेत्रमा अझैपनी लगातार बम आक्रमण भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ।जथाभावी बम आक्रमणमा परेर घाइते र ज्यान गुमाएकाहरुको विभत्स र स्तब्ध बनाउने तस्विरहरु सार्वजानिक भइरहेको छ। सामाजिक संजालमा मुटु काप्ने खालको हृदयविदारक तस्विरहरु शेयर भइरहेका छन्।

सामाजिक संजाल प्रयोकर्ताहरुले सिरियाको घटनालाई लिएर चिन्ता र दु:ख प्रकट गरिरहेका छन् र मानवता लोप भएको भन्दैं प्रतिकृया दिइरहेका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाभर ३० दिने मानवीय युद्धविरामका लागि अपील गर्दै एउटा प्रस्ताव पारित गरेको छ।दमास्कसको बाहिरी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटामा एक हप्तासम्म चलेको व्यापक बमबारीपछि यो निर्णय लिइएको हो।

प्रकाशित मिति : २०७४ फागुन १३,आइतबार