साप्ताहिक राशिफल (फाल्गुन १३ – १९)


आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :–

१३ गते : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, कलशचक्र,

१४ गते : आमलकी एकादशी व्रत, राजनीतिज्ञ सुवर्ण शमसेरको जन्मदिन, मूहुर्त : चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, दीक्षाग्रहण, कलशचक्र,

१५ गते : गोविन्द द्वादशी, भौम प्रदोष व्रत, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, कलशचक्र,

१६ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

१७ गते : पूर्णिमा व्रत, फागु पूर्णिमा, चिर दाह, पहाडी जिल्लामा होली पर्व, मन्वादि, तोरन्ल पर्व (थकाली), मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

१८ गते : वसन्तादि, तराईका जिल्लामा होली पर्व, तेल लगाउने र आँपको मुजुरा खाने दिन, मत्स्येन्द्रनाथ स्नान (नाला), गणगौर पूजा प्रारम्भ, चकयाँत, धूलयाँत, नालान्हवं (नेवारी पर्व), मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

१९ गते : त्रिपुष्कर योग राती १०।२६ बजेसम्म, सन्तनेता किसुनजी स्मृतिदिवस, मूहुर्त : शुभविवाह

साप्ताहिक राशिफल

(वि.सं. २०७४ फाल्गुन १३ गतेदेखि वि.सं. २०७४ फाल्गुन १९ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पराक्रम स्थानमा रहेको चन्द्रमा रहेको यो साता तपाईंका लागि लाभकारी नै रहने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ । तर साताको मध्यभागमा केही घरायसी समस्याका कारण तनाव ब्यहोर्नु पर्ने हुन्छ । मङ्गलबारदेखि बिहीबारसम्म आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । उक्त समयमा खास गरी मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । आगामी शनिबारको दिन पनि उत्ति अनुकूल रहने छैन, गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने छैन । हातहतियार र मेसिनबाट भय हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

साताको पूर्वार्द्ध उत्तम रहने छ, उत्साहपूर्वक काम गर्नुहोला । धनस्थान र पराक्रम भावमा रहेको चन्द्रमाले स्वास्थ्यस्थितिमा सकारात्मक सङ्केत देखिने छ । धनार्जनका नयाँ नयाँ योजना बनाउने र कार्यान्वयन गर्ने समय हो । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । आम्दानी बढ्ने छ, घरायसी सुखसुविधाका वस्तुहरू र विभिन्न भौतिक साधनको जोहो गर्न सकिने छ । त्यसबाहेक मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर समेत जुट्ने छ । तर मङ्गलबारपछि जिम्मेबारी वहन गर्नु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । उता बिहीबारपछि कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । समग्रतामा भन्ने हो भने कल्पना र भावुकतामा रमाउँदा रमाउँदै साता बित्नेछ । तर बोलीमा कडापन देखिने भएकाले विवाद र झैझगडाको सम्भावना भने देखिंदैछ, विशेषगरी आन्तरिक र दाम्पत्य सम्बन्धप्रति संवेदनशील हुनु जाति हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

राम्रो समय छ । हाँकेका ताकेका काममा सफलता प्राप्त हुने साता छ । नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । यद्यपि साताको अन्त्य साताभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । शनिबारका दिन घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । साताको अन्त्यमा घाउखत लाग्ने सम्भावना पनि देखिंदैछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, त्यसैले मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । सुरुमा आर्थिक पक्षमा असन्तुलन हुँदा मन खिन्न हुनसक्छ । व्यापार र कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रामा पनि सचेतता अपनाएको जाति हुन्छ । नयाँ ठाउँमा अनावश्यक र निरर्थक लगानी बढ्ने सम्भावना छ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य पनि प्रतिकूल रहने संकेत छ । तर मङ्गलबारपछि उताको समय राम्रै रहने छ । दानपुण्यका लागि असल छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । श्रममूलक वा कृषिकार्यतिर मन जानेछ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मिश्रित प्रभाव रहने समय भएकाले समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने साता छ । प्रारम्भमा ठूलाबडाको साथसहयोग जुट्ने तथा सरकारी कामबाट श्रेय लिने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । तर मङ्गलबारपछि बिहीबारसम्म बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । साताको अन्त्यमा पुनः काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । आम्दानीमा कमी हुने छैन । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । समग्रतामा यो साता उत्साहवर्द्धक तुल्याउन बुद्धि र विवेकको प्रयोग गर्नुपर्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कर्मक्षेत्रमा रहेको चन्द्रमाका साथमा प्रारम्भ भएकाले यो साता लाभदायी समय नै रहने छ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ, प्रारम्भमा आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । तर साताको अन्त्यमा बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । समग्रतामा संयमता र धैर्यतालाई त्याग्नु हुँदैन, समय राम्रै रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

भाग्यभावमा रहेको चन्द्रमाका साथमा प्रारम्भ भएकाले समग्रमा यो सातामा व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । यद्यपि विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । सुरुमा परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । तर शनिबारका दिन बाह्रौं भावमा चन्द्रमा पुग्ने भएकाले साताको अन्त्यमा खर्चबर्चप्रति सचेतता अपनाउनु बुद्धिमानी हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । त्यसदिन घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

साताको प्रारम्भ अनुकूल रहने छैन । अष्टम भावको चन्द्रमाले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । त्यसैले आइतबार र सोमबार आहारविहारमा ध्यान पुर्याउनुका साथै धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न नभएको जाति हुन्छ । तर मङ्गलबारपछि बाँकी समय राम्रो छ । त्यसपछि धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउनु हुनेछ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । अभिभावक वा आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मूलतः मनोरञ्जनप्रद साता भए पनि मङ्गलबार र बुधबार लाभप्रद रहने छैन । समग्रतामा यो साता कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । तर साताको मध्यभागमा ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मिश्रित प्रभाव भएको साता छ । समग्रतामा स्वास्थ्यप्रति सचेतता अपनाएको जाति हुन्छ । साताको प्रारम्भमा आन्तरिक रोगव्याधिको प्रकोप देखिंदैछ भने साताको अन्त्यमा चोटपटक र घाउखतको भय हुनेछ । त्यसैले यात्राका क्रममा र आहारविहारमा ध्यान पुर्याउनु राम्रो हुनेछ । साताको मध्यभाग सकारात्मक रहनेछ । समग्रतामा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । यद्यपि केही प्रतिकूलताहरू पनि ब्यहोर्नु पर्ने हुन्छ । बिहीबार र शुक्रबार सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । उता साताको प्रारम्भमा पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । यद्यपि साताको अधिकतम समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । तर निराश हुनुहुँदैन, धैर्य, संयम र सचेत भई काम गर्न सके राम्रा परिणामहरू पनि प्राप्त हुनसक्छन् । जे गरे पनि आफ्नै बुद्धि र क्षमताको उपयोग गरी गर्न खोजे चुनौतीपूर्ण समय भए पनि यसलाई सकारात्मक बनाउन सक्षम हुनुहुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

प्रतिकूल परिस्थितिले पछ्याएको सङ्घर्षमय समय छ । कामको चाप र दायित्व बढ्नेछ । साताको प्रारम्भमा घरपरिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । तर मङ्गलबारपछि समय उत्साहवद्र्धक रहने छ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । तर बिहीबार र शुक्रबार स्वास्थ्यप्रति लापरवाही गर्नु हुँदैन, पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । उता बुद्धि र विवेक पनि कमजोर बन्न सक्छ, दृष्टिशक्तिमा कमी आउने छ, व्यवहारिक समस्याले गर्नै पर्ने काममा अवरोध हुने सम्भावना छ । साताको अन्त्यमा प्रेमसम्बन्धमा सुधार आउने छ । शनिबार बेलुकीपख मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्ने समय छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com