सन्दर्भ संसदीय दलको नेता चयनको……..

कर्ण बहादुर अधिकारी ,

सन्दर्भ संसदीय दलको नेता चयनको……..

कोईराला,सिटौला किन मौन बसे,
देउवा र सिंह भने भिड्न कम्मर कसे।
यी दुई मध्ये एक छान्ने जिम्मा हाम्रो,
संसदीय दलका नेता कुन चाँहि होला राम्रो।
———————————————
पार्टी भित्र गुटलाई भन्दा राम्रालाई छानौ,
जसले पार्टीलाई राम्रो गर्छ त्यसैलाई नै मानौ।
पार्टी भित्र धेरै गुट जन्माउने चाँहि किन,
तिमीहरू मिली जुली एउटै मार्गमा हिन।
——————————————-
पार्टी भित्र कडा टक्कर हुनु चाँहि पर्छ,
भिजन भएका नेतालाई जिताउनु पर्छ।
एक आपसमा मन मुटाब नगरेकै राम्रो,
नेपालकै पुरानो काँग्रेस पार्टी हाम्रो।
—————————————-
बुढा भएका नेताहरूलाई पाखा लगाउनु पर्थ्यो,
युवाहरूलाई जिम्मा दिए केहि राम्रो गर्थ्यो।
एक्काईसौ सताब्दिमा नयाँ ल्याउनु पारा,
राम्रो काम गर्न सके खुशी हुन्छन सारा।
——————————————-
काँग्रेसीको बिश्वास जित्न राम्रो काम गर्नु,
तिमीहरूले गल्ति गर्दा पर्छ हामीलाई मर्नु।
काँग्रेसीको भावनालाई कदर गर्ने गर,
त्यसो गरे मात्र तिम्रो हामी पर्छौ भर।
जय नेपाल।