रमेश र सुनतामी परियार ‘हाम्रो माया अजम्बरी’ भन्दै भिडियो हेर्नुहोस् !

फागुन ८, काठमाडौं । नेपाली सागितिक क्षेत्रको विकाशमा टेवा पुयाउदै आएको भैरव कालिका म्युजिक प्रालीको प्रस्तुतिमा रमेश विश्वकर्मा र राजेश खनालको संयुक्त कोशेली ‘हाम्रो माया अजम्बरी’ गितको भिडियो गायक रमेश विश्वकर्मा र सुनितामी परियार को सुमधुर आवाजमा रहेको गित बजारमा आएको छ । कतिपय जोडीको प्रेममा निस्वार्थ प्रेम र सच्चा साथीको रुपमा आएर उदारणिय बनेको कयौ उदाहरणहरु पनि रहेको छ । त्यस्तै कल्पना गरेर रमेश विश्वकर्माले आफनो माया पनि अजम्वरी हुने चाहना व्यक्त गरेका छन । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, तर जिवनमा साथ र सहयोग गर्ने बाचा गरिएपनि रुहाउने मानिसको जमात अत्याधिक नै रहेको छ । त्यसभन्दा विलकुल फरक रहेर आफनो माया निरन्तर कालजयी बनोस भनेर गितमा रमेश विश्वकर्माले शब्द भरेका छन । जय देवकोटाको संगित गितमा रहेको छ ।
गितको अडियोलाई भैरवकालिका म्युजिक प्रालीले बजारमा ल्याएको हो । भिडियोमा राजेश खनाल र लक्ष्मी मुखियाको अभिनय रहेको छ । भिडियोलाई रमेश विश्वकर्माले निर्देशन गरेका हुन् भने सुजन न्यौपानेको छायांकन र उत्तम कुमार कार्किले सम्पादन गरेका छन् ।

भिडियो