डेढ करोडको लागतमा बनेको पञ्चेबाजा कस्तो होला? हेर्नुस् भिडियो।

पोखरा । दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’ दिने दाबा गर्दै फिल्म पञ्चेबाजाको यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म पञ्चेबाजाको प्रचार अभियान अन्तरगत पोखरा आएको टोलीले यो दाबी पेश गरेको हो ।

‘दर्शकलाई मनोरञ्जन दिने कुरामा हामीले ग्यारेन्टी लिन सक्छौँ ।’ निर्देशक घनश्याम लामिछानेले भने–‘दर्शकले हामीलाई गाली अवश्य गर्नेछैनन् ।’ फिल्मको कथावस्तु नै त्यस्तै भएकोले दर्शकले यसलाई निकै रुचाउने उनको तर्क थियो ।

नेपाली फिल्मको कस्तो धारलाई दर्शकले ठ्याक्कै रुचाईरहेका छन् भन्ने अझै यकिनका साथ भन्न सकिने अवस्था छैन । यद्यपी फिल्म पञ्चेबाजाको टोलीले आफ्नो दाबी खेर नजाने बताउँदै आएको छ । चल्तीका कलाकारहरु, फिल्मका लागि आवश्यक मसलेदार ‘स्क्रिप्ट’ र ‘स्क्रिनप्ले’को आधार पेश गर्दै निर्देशक लामिछानेले भने–‘हामीले भनेको कुरालाई साक्षात महशुस गर्नका लागि फिल्म हेर्न म सम्पूर्ण दर्शकहरुलाई आग्रह गर्दछु ।’