सिधा कुरा टिम रबिकै नाममा डेढ लाखको ठगि: देशद्रोहीहरुलाई नठोकेसम्म देशको समृद्धी आकाशको फल मात्रै हो

सिधाकुराको नाम लिएर डेढ लाख लिनेको पर्दाफास । श्रम कार्यालयमा फेरी हाम्रो टिम !
सरकारले पुर्णता अझै प्राप्त गरिसकेको छैन । तर मार्केटमा हल्ला गज्जब गज्जबका चल्न थालिसके । अर्थमन्त्री फलानो बन्दैछन् भन्ने हल्ला सँगै व्यापारीहरु आफ्नो च्यानल सेट गर्न व्यस्त छन् । संचार, गृह आदि मन्त्रालय बारे पनि चर्को अनुमान चलिरहँदा हनुमानहरु नेताका घरघर धाउँदै छन् । चाकडिको चर्को र चाकडिबाजहरुको लर्को हेर्न लायकको छ ।

अध्ययन, क्षमता र अनुभवनका आधारमा पो मन्त्रालय बाँडिन्छ । गर्नलाई त जसले जे पनि गर्न सक्लान तर विज्ञता त १/२ विषयमा पो हाँसिल भएको हुन्छ । जस्तो गृहमन्त्रालय सम्हाल्ने ज्ञान, अध्ययन र अनुभव भएको मान्छेलाई पशुपंक्षी मन्त्रालय दियो भने के होला ?

अथवा खानेपानी मन्त्रालय सम्हाल्न सक्ने क्षमता भएको मान्छेलाई खेलकुद मन्त्रालय, उद्योग मन्त्रालय हाँक्न सक्नेलाई यातायात मन्त्रालय, विज्ञान प्रविधि मन्त्रालय दिनु पर्नेलाई महिला तथा बालबालिका मन्त्रालय आदी भयो भने के होला?

यहाँ कुनै मन्त्रालय सानो ठुलो को कुरा होइन यो त ‘राइट पर्सन इन राइट प्लेस’को कुरा हो । कुन मन्त्रीले कति पढेको छन् मतलब भएन तर आठ कक्षामा आठै पटक फेल भएको भएपनि कुनै विषयमा त बढी मार्कस आएको होलानी ?

कुन बिषय लिएर पढेका हुन्, कुन बिषयमा बढी इन्ट्रेष्ट छ त्यो थाहा पाएर मन्त्रालयको बाँडफाँड हुन जरुरी छैन र ?

पुरानो ट्रेण्ड हेर्ने हो भने मन्त्रालयहरु मालदार र सुख्खा भनेर परिभाषीत भएका छन् । त्यही ट्रेण्ड अनुसार गृह, उर्जा, शिक्षा, भौतिक, योजना, स्वास्थ्य, संचार, यातायता, बन जस्ता मन्त्रालयहरु मालदार अर्थात पैसा कमाउन सकिने मन्त्रालयका रुपमा चिनिन्छन् ।

यस्ता मन्त्रालय पाएसम्म सुख्खा र भुख्खा मन्त्रालयहरु जस्तै पशुपंक्षी, विज्ञान प्रविधि, सहकारी विकास, जनसंख्या तथा वातावरण जस्ता मन्त्रालयहरु कसैको रोजाइमा पर्दैनन ।

पुरानो टेण्डरलाई हेर्ने हो भने यस्ता मन्त्रालयहरुमा करौडौको डिल चल्छ । हरेक मन्त्रालयको मन्त्री ज्युको अफिसमा एउटा सानो गोप्य कोठा हुन्छ । मन्त्री ज्युहरुको गोपनियताका लागि बनाइएका यी कोठाहरु सबसे बदनाम कोठाहरु हुन् ।

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, मन्त्री ज्युहरुको अफिसका यी गोप्य कोठाहरुमा तपाँईले हेर्न सक्ने गरी लुकाएर सिसिटिभी क्यामेरा राख्नुहोस, अडियो भिडियो रेकर्ड हुने ।

देश विकाशका गोप्य बैठक हुनुपर्ने यि कोठाहरुमा मन्त्रीज्युहरुको बारगेनिङ चल्छ । मलाई थाहा छ त्यो गोप्य कोठा भित्र डिल गर्नेहरु अहिले झसँग हुनुभएको छ ।

यसले कसरी थाहा पायो भनेर ट्वा पर्नु भा छ । दोष यो कोठाको होइन, दोष देश बनाउँछु भनेर राजनीतिमा लाग्ने तर आफ्नो घर बनाउने पापि, देश द्रोहीहरुको हो । जो यस्ता गोप्य कोठामा करोडौँ हसुरछन् र आम सभाहरुमा जनतासँग देश विकास र आर्दशका चर्का कुरा गर्छन ।

प्रधानमन्त्री ज्यु, चाहे पार्टी एकता गर्नुस, चाहे एकता गर्न गरेको वाचा पुरा गर्न मन्त्रालयहरु बाँडफाँड गर्नुुस तर जब सम्म यी कालकोठरी भित्र जनमतको हुर्मत लिएर करोडौको डिल रोकिदैन तब सम्म तपाईले भन्ने समृद्धी हामी जनताका लागि आकाशको फल मात्रै हुने छ ।

यी र यस्ता कोठाहरुमा निगरानी गर्नुस् प्रधानमन्त्री ज्यु । सिटिईभीटि होईन् सिसिटिभी नै हो हामीलाई चाहिएको ।

न्युज२४बाट