को हुन मोस्ट वाण्टेडमा परेका फरार अभियुक्त मनोज पुन ? विस्तृतमा हेर्नुहोस् भिडियो-यसरी समातिएका थिए उनि

काठमाडौं ।

नेपाल प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका मनोज पुनलाई आइतबार सिआइबीको टोलीले पक्राउ गरेको छ। प्रहरीका स्रोतका अनुसार उनलाई भारतको गोवाबाट प्रक्राउ गरिएको हो ।

पुन माओवादी कार्यकर्ता हुन् तर पछिल्लो समय उनी एमाले निकट युवा संघमा प्रवेश गरेका थिए । युवा संघले उनलाई ५ महिनामै कारवाही गरेर संगठनबाट निष्कासन गरेको जनाएको थियो ।

उनलाई संगठनबाट निकालिएको केही समय पछि नै रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा उनको संलगनता भेटियो ।

आखिर को हुन् मनोज पुन ? हेर्नुहोस् यो भिडियो