आजको राशिफल (२०७४ फाल्गुन ०८ गते/२०१८ फेब्रुवरी २०)


वि.सं. २०७४ फाल्गुन ०८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी २० तारिख,

फाल्गुन शुक्ल पञ्चमी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, शुभ योग, बब र बालब करण

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),

भोलिको चाडपर्व र उत्सव : पूर्व प्रम गिरिजाप्र. कोइरालाको जन्मदिन,

भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), पुराणश्रवण,

आजका लागि अशुभ समय :–

राहु काल : दिउँसो ०३:०७ देखि ०४:३२ सम्म

यमघण्ट : बिहान ०९:२९ देखि १०:५४ सम्म

गुलिक काल : दिउँसो १२:१८ देखि ०१:४३ सम्म

काल वारवेला : दिउँसो ०१:४३ देखि ०३:०७ सम्म

रोग वारवेला : बिहान ०६:४० देखि ०८:०५ सम्म र साँझ ०४:३२ देखि ०७:३२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

लाभ वारवेला : दिउँसो १०:५४ देखि १२:१८ सम्म

पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सुरुमा बाह्रौं चन्द्रमा छ, दिउँसो तपाईंको आफ्नै घरमा चन्द्रमा आइपुग्छ, त्यसैले कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

शुभरङ्ग : सेतो वा बैैजनी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दान, धर्म, परोपकार

के नगर्ने : रिसराग, उद्वेग र क्रोध

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बिहानको समयमा चन्द्रमा शुभ भावमा रहेकाले राम्रै छ । बन्दव्यापार र उद्योगधन्दामा सफल नै भइनेछ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ । अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्ने छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : महालक्ष्मी

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने

के नगर्ने : लोभ र मोह

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि शुभ सङ्केत मिल्नेछ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ ।

शुभरङ्ग : सेतो वा पहेंलो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : कुलगुरु/शिवजी

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग

के नगर्ने : आडम्बर र ढोंगीपन

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अपराह्नपछि चन्द्रमाको शुभ फल प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ, किनभने दिउँसो भाग्यभावमा चन्द्रमाको प्रवेश हुनेछ । पारमार्थिक कामप्रति चासो बढ्ने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्

के नगर्ने : असुरक्षित यात्रा

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : परिवारमा अधिकतम समय दिने

के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।

शुभरङ्ग : हलुका सेतो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भगवान् शङ्कर

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने

के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि अशान्ति र अराजकताका समाचार पनि आउन सक्छन् । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । क्रोध र रिसरागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने

के नगर्ने : बुद्धिको दुरुपयोग

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न् ।

शुभरङ्ग : रातो वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : भगवती दुर्गा

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने

के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन ।

शुभरङ्ग : गाढा नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण

के नगर्ने : घमण्ड

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

शुभरङ्ग : घिउ रङ

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने

के नगर्ने : अनावश्यक खानपान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ ।

शुभरङ्ग : सिन्दूरे रातो

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने

के नगर्ने : हडबड र शीघ्रत

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com