सावधान !जोगिएर हिड्नुहोस् काठमाण्डौको यी गल्लीहरुमा !कुनैपनि समय तपाईलाई यी घरले पुर्न सक्छ (हेर्नुहोस भिडियोनै)

करिब तीन वर्षअगाडि नेपालमा गएको भूकम्पले नेपालीको जनजीवन अस्तब्यस्त बनायो । हजारौं घरहरु भत्किए । यति नै मात्रामा घरहरु धराप भए । धेरै घरहरुमा मान्छे बस्न नै नहुने अवस्था भयो ।

भूकम्पपछि धेरै नेपालीहरु घरबारबिहीन भए । घर बिहीन भएकाहरुलाई नेपाल सरकारले घर बनाउन तीन लाख अनुदान दिन सुरु गर्यो । यस अनुदानसँगै गाउँघरमा सरकारी नियमअनुसारका घरहरु निर्माण हुन सुरु भइसकेको छ । धेरै घरहरु निर्माण कार्य जारी नै रहेका छन् ।

भुकम्पपछि गाउँमा धमाधम घरहरु निर्माण भइरहँदा काठमाडौंका गल्लीहरुमा भने कच्ची घरहरु टेका र आँडमा रहँदै आएको छ । भूकम्पले धराप बनाएका घरहरुमा अहिले पनि व्यापार व्यावसाय गरिदै आएको छ । टेका दिएका धराप घरहरुमा मानिसहरु बस्दै आएका छन् । जीवन गुजारा चलाएका छन् ।

राजधानी काठमाडौंको भित्री भागमा भएका ती घरहरुले बाटोमा हिड्ने सर्वसाधरणका मनमा डर पैदा गराएको छ । गाह्रो नै पहिरिन लागेको यी घरहरुमा भयावह जीवन विताइरहेका छन् काठमाडौंबासी ।

घरहरु मात्र होइन काठमाडौंमा भएका मठमन्दिरहरुको हालत पनि त्यस्तै रहेको छ । भूकम्पपछि धराप भएका मन्दिरहरुलाई पनि टेका र आँड दिइएको छ ।
नेपालको एक मात्र जिवित देवी बस्दै आएकी कुमारी मन्दिर पनि अहिलेसम्म टेकाकै भरमा रहँदै आएको छ । भूकम्प गएको करिब तीन वर्ष पुग्नै लाग्दा धराप भएको कुमारी मन्दिरमा अहिले पनि देवी, पाले, लगायतका मानिसहरु बस्दै आएका छन् ।

कुमारी मन्दिरको छेवैमा रहेको विश्व सम्पदा सूचीमा रहेका काष्ठमण्डप मन्दिरको अवस्था झनै नाजुक रहेको छ । काष्ठमण्डप मन्दिरको जग नै हराएको छ । मन्दिरको ठाउँमा बाँसको टेका लगाएर जस्ताको छाप्रो बनाएको छ । यही बासको टेकाको भरमा रहेको छाप्रोलाई काष्ठमण्डप मन्दिरको प्रतिमाको रुप दिइएको छ ।

भूकम्पले सर्वसाधरणका घर मात्र होइन, राजा त्रिभुवनले शासन गरेको बसन्तपुर दरबार पनि टेकाको भरमा रहँदै आएको छ । दरबारको अगाडि भागमा केही निर्माण कार्य भइरहे पनि पछाडिको भागमा टेकाले अड्याएको छ ।

काठमाडौंको व्यस्त व्यापारिक केन्द्र मानिने स्थानहरु असन, क्षेत्रपाटी, भोटेबहाल, टेकु लगायत भित्री सहरमा टेका दिएर राखिएको घरहरु धेरै देख्न सकिन्छ । यिनै घरहरु मध्येका ६१ घरको तस्बिर हामीले प्रस्तुत गरेका छौं ।