सन्दिपमाथी दिल्लीको नजर, डिभिजन २ मा हेर्नुहोस् उनको प्रदर्शन (भिडियो )

काठमाडौं ।

नेपाली क्रिकेटर सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्सबाट सन् २०१८ को आईपिएलमा सहभागिता जनाउने भएका छन् ।

नेपाली लेग स्पिनर लामिछानेलाई दिल्लीले २० लाख भारुमा किनेको हो । उनि नेपालको तर्फबाट आईपिएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

भरखरै सम्पन्न डिभिजन २ मा सन्दिपको प्रदर्शनमाथी सबैको नजर रह्यो र सन्दिपले सोचेभन्दा राम्रो प्रदर्शन गरे ।

दिल्लीले पनि सन्दिपको प्रदर्शनलाई नजिकबाट नियालीरहेको थियो । कुल ६ खेल खेलेका सन्दिपले १७ विकेट लिएर “म्यान अफ द सिरिज” भए ।

हेर्नुहोस् डिभिजन २ मा सन्दिपको प्रदर्शन र दिल्लीको नजर भिडियोमा