४१औं प्रधानमन्त्री के पी शर्मा ओली… आयो यस्तो कविता (भिडियो)

४१औं प्रधान मन्त्री के पी शर्मा ओली…
बोनस स्वरूप पाएको जीवन आज हो की भोली।
पाँच बर्ष सरकार चलाउ गर राम्रो काम,
जनताको सेवा गरे जानु पर्दैन धाम।

यो कविता कर्ण बहादुर अधिकारीले आफ्नै रचनामा बाचन गरि हामी लाइ पठाउनु भएको हो जो २०५१ साल देखि नै नेपाली राजनिति प्रति चासो राख्ने नेपाली काँग्रेसको कृयाशील सदस्य एवं काँग्रेसको बिदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री,नेपाली समाज मकाउका महा सचिव साथै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका पूर्व सचिव हुन।सामाजिक कार्यमा सदैव लागि पर्ने अधिकारीले बिगतका दिनहरू देखि नै दु:ख पीडामा परेका नेपालीहरूलाई सहयोग गर्दै आई रहनु भएको छ। अधिकारीको जन्म घर नुवाकोट हो भने हाल स्थायी बसोबास काठमाण्डौमा रहेको छ।