तेहरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान दुर्घटना

फाल्गुण ६ गते, आइतवार, २०७४,तेहरान- इरानको राजधानी तेहरानबाट यासुजका लागि उडेको असेमन एयरलाइन्सको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ। ६६ जना यात्रु दुई सुरक्षाकर्मी र चालक दलका चार सदस्य सवार सो विमान दक्षिणी इरानको इस्फहान प्रान्तको सेमिरोम सहर नजिकै पहाडी क्षेत्रमा दुर्घटना भएको फार्स न्यूज एजेन्सीले जनाएको छ।

एटीअार-७२ कल साइन भएको विमान राजधानी तेहरानबाट दक्षिणी शहर यासुजका लागि उडेको थियो। घटनास्थलतर्फ उद्दारकर्ता पठाइएको इरानी रेड क्रिसियन्टले जनाएको छ। एयरलाइन्सका प्रवक्ता मोहम्मद ताघी टाबाटबइले इरानको टेलिभिजनलाई दिएको जानकारीअनुसार विमानमा सवार सबैको मृत्यु भएको छ । उडान भरेको केही बेरमै सो विमान राडारबाट गायव भएको थियो ।

घटनास्थलतर्फ उद्दारका लागि हेलिकोप्टरहरू पठाइएको छ। उद्धारका लागि पठाइएको एउटा हेलिकोप्टर खराब मौसमका कारण अवतरण गर्न नसकेको जनाइएको छ । क्षतीको विवरण तत्काल प्राप्त भइनसकेको इरानको अापतकालिन उद्दार संस्थाका प्रवक्ताले बताएका छन्। घटनास्थल दुर्गम पहाडी भेगमा भएका कारण एम्वुलेन्स पठाउन नपाइएको र उद्दारका लागि हेलिकोप्टर पठाइएको विमानले अापतकालिन अवतरणको प्रयास गर्ने क्रममा दुर्घटना भएको स्थानीयबासीलार्इ उदृत गर्दै इरानको समाचार एजेन्सी एमएनएले जनाएको छ। – दस्तावेज