मन्त्रीहरु आफैलाई घुस चाहिए आफ्नै पार्टीका झोलेलाई सल्लाहकारमा न्युक्ति गरोस तर देश बिकाश गर्ने हो भने बिज्ञहरुलाई न्युक्ति गरोस

यो लाइव भिडियो पनि हेर्नुहोला

नयाँ सरकारको मन्त्रीहरुलाई रवीको सिधाकुराः ‘आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन तपाँईलाई हाम्रा भन्दा जानेका राम्रा मान्छे चाहिन्छ’

नयाँ सरकारले पुर्णता पाउँदै गर्दा केही कुरा राख्न चाहन्छु । अब केही दिनमा मन्त्रीहरु थपिने छन् र सँग सँगै सल्लाहकारहरु पनि देखा पर्नेछन् ।

मुलुक बनाउन मन्त्री भन्दा मन्त्रीका सल्लाहकारको भुमिका महत्वपुर्ण हुन्छ । स्वकिय सचिवहरु त झन २४ घण्टा सँग सँगै हुन्छन् । मन्त्रीसँग कसको भेट गराउने कसको नगराउने भन्ने ताला चाबी उहाँहरुको हातमा हुन्छ ।

एउटा अनौठो प्रसंग, आजसम्म कुनै पनि मन्त्रीले आफ्नो रानीतिक दलको कार्यकर्ता वा फलोअर बाहेक अर्को दलको वा कुनै दलमा विश्वास नगर्ने स्वतन्त्र व्यक्तिलाई सल्लाहकार वा स्वकिय सचिव राखेका छैनन् ।

विज्ञता पार्टीको झण्डाले दिदैन, अध्ययन, रिसर्च, अनुभवले दिन्छ । मुलुक बनाउन भनेर प्रतिवद्ध भएको नेताले आफ्नो सोचको दायरालाई फराकिलो पार्नुपर्छ । आफ्ना परिवार कार्यकर्ता र समर्थकलाई मन्त्री भैसकेपछि बोलाएर धन्यवाद दिनुपर्छ र आफ्नो कार्यकाल भरी आफ्नो वरिपरी नबसेर सहयोग गरिदिन अनुरोध गर्नु पर्छ ।

सम्बद्ध मन्त्रालयसँग सम्बन्धित बिषयमा स्वदेश तथा विदेशमा समेत अध्ययन गरेका, काम गरेका, अनुभव बटुलेका, केही गर्छु भन्ने उत्साह, संकल्प ,इनर्जी, ज्ञान, उमेर भएकाहरुलाई खोजी खोजी ल्याएर त हेर्नुस, त्यसपछि देखिन्छ देशमा देखिने गरी परिर्वतन ।

तपाईको कार्यकाललाई स्वर्णिम बनाउन तपाईलाई हाम्रा भन्दा जानेका राम्रा मान्छे चाहिन्छन् । पढेर वा परेर जानेकाहरुलाई वरिपरी नराख्नाले, सवका सब विग्रिएको हो । एक पटक खुल्ला प्रतिस्पर्धाबाट सल्लाहकार स्वकिय सचिवहरुको अन्तरवार्ता माग गरी त हेर्नुस् ।

स्वदेशबाट मात्र होइन विदेशबाट समेत विश्व विख्यात युनिभर्सीटीका ग्राजुयटहरु लाइन लागेर आउने छन् । मातृ भुमीको सेवा गर्न पाए विदेशको करोडौ माया मारेर देशको लाखमा रमाउने देश भक्त नेपाल आमाका सपुत सन्तानहरु एक से एक कम्पनीमा विश्वभर छरिएर बसेका छन् ।

देशले एक पटक बोलाई मात्र हेरोस् भोली विहानको पहिलो फ्लाइट समाएर आउने छन् युवाहरु । मन्त्रीहरु भनेको जहिले पनि स्मार्ट, इन्टेलिजेन्सहरुबाट घेरीएर बस्नुपर्छ । वरिपरी इन्टेलीजेन्सहरु नभएको मन्त्री कहिले पनि सफल हुँदैन ।

कुनै दिन चुनावमा सघाउने, घर, पार्टीको काम अराउँदा हस हजुर भन्ने यस म्यान राखेर देशको यत्रो मन्त्रालय चल्छ ?
बोल्ने तमिज सिक्नु प¥यो, भाषामा कमाण्ड हुनुप¥यो, हेर्दै फ्याउरे, हाँस्न नजान्ने, मिठो बोल्न प¥यो भने पैसा लिनु पर्ला जस्तो गर्ने, चिरी च्याट्ट लुगा लगाउन नजान्ने, एउटा केटो च्यापेर आफ्नो बिषेश मान्छे बनाउन बन्द गर्नुपर्छ ।

सबैलाई भनेको होइन तर धेरै जसो मन्त्रीका पुराना विश्वास पात्रहरुको साँठगाँठ केही व्यापरी, विचौलीयाहरुसँग भएकै हुन्छ । पुरानै मान्छे राख्ने हो भने तिनलाई नयाँ फोन नम्बर दिउँ, नयाँ इमेल दिउँ र फोन र इमेलको रेकर्ड र कल डिटेल्स प्रत्येक दिन प्रिन्ट गरेर मन्त्री ज्युले हेर्ने वातावरण मिलाउ ।

तर मन्त्री आँफैलाई घुस चाहिएको छ र उहि पुरानो मान्छे भयो भने कसैले थाहा नपाउने गरी आफ्ना पोपलिटीकल अकाण्टमा पैसा हाल्दीहाल्छ भन्ने हो भने जे छ ठिक छ ।

मुलुक बदल्ने हो भने वरपरका मान्छे बदलौ । जान्नेलाई छान्ने हो भने बर्ष दिनमा देशको काया पलट हुन्छ ।

दुवईबाट देश चलाउछु भन्नेलाई रविले लाईभ झपारे । बाटो छैन, गाउँपालिकाले माग्यो गाडी !

न्युज २४बाट