प्रदेश नंं ४ मुख्य मन्त्री गुरुङले गरे यस्तो निर्णय, जनता उत्साही (भिडियो)

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनतामा नाममा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरको निवासमा एक समारोहका बीच उनले सपथ लिएका हुन् ।
उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् । प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ लगत्तै गुरुङले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री गुरुङको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, तनहुँबाट निर्वाचित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका हुन् । प्रदेश नं. ४ को पहिलो मन्त्रीपरिषद बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । प्रदेश सरकारले लिने नीतिहरु प्रदेश सरकारका प्रवक्ता एवं नव नियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले सार्वजनिक गरेका थिए । सरकारले ५ वर्षमा यो प्रदेशलाई उज्यालो बनाउने, ५ वर्षमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउने लगायतका निति बनाएको हो ।सरकारले आगामी पाँच वर्ष भित्र अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न सम्मेलन केन्द्र स्थापना गर्ने, उज्यालो प्रदेश कार्यक्रम अन्तरगत दई वर्षमा सवै गाँउ वस्तिमा विद्युत सेवा उपलब्ध गराउने, आगामी पाँच वर्ष भित्रमा अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर, मुटुरोग तथा मृगौलारोग उपचार केन्द्रको स्थापना गर्ने नीति प्रदेश सरकारले लिएको छ । यस्तै पाँच वर्ष भित्रमा स्थानिय तहको केन्द्रलाई प्रदेश राजधानीसंग स्तरीय सडक संजालले जोड्ने, स्थानिय तहसंगको सहकार्यमा दुई वर्ष भित्रमा प्रत्येक गाँउबस्तीमा पिउने पानीको व्यवस्था गर्ने र प्रदेशमा बोलिने सम्पुर्ण भाषा र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गरिनुका साथै विभिन्न जनजातीहरुको पहिचान झल्कने गरि बहुसांस्कृतिक ग्राम स्थापना गरिने रहेका छन् ।

[youtube https://www.youtube.com/watch?v=wm_kA2TqBqs&w=700&h=315]