धुर्मुस जस्तै धेरै धुर्मुसहरु भेटिए तर मिडिया भन्दा पछाडी परेका यी धुर्मुसकै सोचाइ बोकेका युवाको कुराकानी हेर्नुहोस

केदारप्रसाद तिमिल्सिना एक रिक्साचालक हुन् । तर अहिले उनको परिचय फेरिदैँ गएको छ । केदारको साईनो रिक्सासँग मात्र होइन्, विपद्मा परेका, चिसोमा शितलहरबाट पीडित र बर्खायाममा बाढीपहिरोबाट पीडितहरुसँग पनि जोडिन थालेको छ ।

दिनभरीमा रिक्सा चलाएर जम्मा भएको पैसाबाट, केही पैसा उनले अहिले समाजसेवामा खर्च गर्न थालेका छन् । एक सामान्य रिक्सा चालकको यो मिहिनेतको पैसाले अहिले सन्तपुरका धेरैको जिवनमा खुसी ल्याएको छ । गत वर्षमात्रै उनले ६० हजार रुपैयाँ समाजसेवामै खर्च गरे ।

वर्षौदेखि जाडोयाममा शितलहरबाट पीडितलाई लुगा किनेर बाँड्न होस् या वर्खाको बाढीबाट पीडित भएकाहरुको उद्धार गर्न उनि सधै अघि सर्ने गर्छन् ।
केन्द्रबिन्दु टिमले उनै मनका धनी केदारकाबारेमा तयार पारेको यो भिडियो रिपोर्ट