कुनै बेला मलेसियामा सेक्युरिटी गार्डको जागिर खाने दिल निशानीलाई खुल्ला पत्र

पत्रकार जस्तो मान्छे भएर दुई चार पैसामा बिकेर राजनीतिमा लागेर
एऊटा देशभक्ति मानिस जसले लाखौंको दुःखमा साथ दिएको छ त्यो सब आफ्नै आँखाले देखेर पनि उसैको विरोध गर्दै हिड्न अलिकती पनि लाज लागेन तपाइलाई ? प्रकाश गिरीको खुल्ला पत्र दिल निसानीलाइ, फुर्सद छ भने येसो पढ्नुस अनि मिल्छ भने सेयर पनि


– प्रकाश गिरी, हाल अमेरिका

आदरणीय पत्रकार दाजु दिल निशानी ज्यू,

तपाई एउटा स्वोतंत्र पत्रकारको ट्याग भिरेर खुलेआम राजनीति गर्दै हिड़नुहुन्छ तर लाख़ौ बिदेसीएका नेपालीको दुःख मा साथ दिने अनि कयौं विदेशमा बेचिएका चेलिहरूक़ो उद्धार गर्ने रबी लामिछाने जस्तो जनताको प्रिय पत्रकारको किन बीरोध गर्दै हिड़नुहुन्छ । तपाई आफू त केही गर्नुहुन्न भने किन अरूको विरोध गर्दै हिड़नुहुन्छ ? तपाई त एउटा राजनीतिमा ठुलै पउँच भएको मानिस हो ।

सबै कुरा राजनीतिक पार्टीले पुराएको होला तर करोडौं जनतलाई तपाई जस्ता नेताको चाकडी गरेर पुग्दैन देशमा रोजगारको व्यवस्था छैन । दिन प्रति दिन लाखौं नेपाली आफ्नो भविष्य खोजेर बिदेशीनु परेको छ । यदि तपाईका नेताहरूले देशमा रोजगार दिलाउन सकेको भए यसरी दिन प्रति दिन बिदेशीनेको लाइन पनि हुने थिएन होला ।

आज तिनै बिदेशीएका लाखौं युवा युवतीले दुःख पाईरहेका छन् तै पनि केही राहत पाईन्छ कि भनेर आफ्नो दुःख रबी लामिछानेसामू पोख्ने मौका पाएका छन् । कयौ नेपाली चेलि विदेशी भूमिमा बेचिएर यातना भोगेर रूँदै स्टूडीओ(टेलिभिजन)मा फोन गरेको त तपाईले पनि देख्नु नै भएको छ । इराक ओमन लगायत विभिन्न ठाऊँमा बेचिएका चेलिको उद्धार भएको पनि तपाईले धेरै पटक देखिसक्नु भएको होला ।

देशको हरेक प्रशासन घुस बिना चल्दैन । दिन दहाडै प्रशासनका कर्मचारी घुस लिँदै गर्दा पक्राऊ परेको लाखौ घटना तपाइलाई थाहा नै छ । तपाई आफूले आफैलाई ठुलै पत्रकार सम्झिनु हुन्छ खै अहिलेसम्म रबी लामिछानेले जस्तो कुनै पनि विषयको पर्दाफाश गर्न सक्नु भएको त ? यी सबै हिम्मत तपाईमा छैन किनकी त्यही प्रशासन र ठेकेदारबाट आएको पैसाले तपाई र तपाइको पार्टी टिकेको छ त्यसैले नै तपाई दिन प्रतिदिन रबी लामिछानेको विरोध गर्दै हिड्नु हुन्छ ।

कुनैबेला दिल निशानी मगरले रवी लामिछानेको कार्यक्रमलाई सहयागे गरेका थिए

र सबै भन्दा मुख्य कुरा जो तपाई रबी लामिछानेलार्इ अमेरिकी नागरिक भन्दै हिड्नु हुन्छ ध्यान दिएर सुन्नुहोस हो कुनै बेला रबी सर आफ्नो भविष्य खोजेर आऊनु भयो होला । बिना कागजपत्र बस्न यहाँको कानूनले दिँदैन त्यसैले बाध्यताले अमेरिकी नागरिकता र पासपोर्ट लिनु पनि पर्यो होला । के तपाईलाई याद छ ? हिजो जून बेला माओवादी द्वन्द्वमा थियो त्यो बेला तपाई पनि हतीयार बोकेर हिडेकै हो केही सिप नलागे पछि तपाई पनि आफ्नो भविष्य खोजेर मलेशिया गएर सेक्युरीटी गार्डको काम पनि गरेकै हो के तपाईले ती दिन भूलनू भयो ?यदि त्यति बेला तपार्इको हैसियतले दिएको भए तपाई पनि अरमेरिका आउनुहुन्थ्यो होला तपाई पनि यहाँको नगरिकता र पासपोर्ट लिएर बस्नुहुन्थ्यो होला ।

त्यति मात्र हो कि तपाई भएको भए यतै पालयन भएर बस्नुहुन्थ्यो होला तर रबी लामिछानेले त आफ्नो देश सम्झिनु भयो फर्किनु भयो अहिले देश तथा विदेशमा दुःख पाएका कयौं नेपालीले दुःख पोखने ठाऊ दिनु भएको छ कतिपयलाई उद्धार गर्नुभएको छ कतिलाई सहयोग गर्नु भएको छ । तपाई पनि रहरले मलेशिया गएको त होईन होलानी हैन ? रबी लामिछानेलाई विदेशी नागरिक भन्ने तपाइलाई के थाहा छ तपाईका नेता मन्त्री तथा सभासदका छोराछोरी कुन देशमा छन् भनेर ? सक्नु हुन्छ यो सब जानकारी जनतालाई दिलाउनु ।

पत्रकार जस्तो मान्छे भएर दुई चार पैसामा बिकेर रजनीतिमा लागेर एऊटा देशभक्ति मानिस जसले लाखौंको दुःखमा साथ दिएको छ त्यो सब आफ्नै आँखाले देखेर पनि उसैको विरोध गर्दै हिड्न अलिकती पनि लाज लागेन तपाइलाई ?

यदि तपाईले आफूले आफूलाई अशल पत्रकार ठान्नु हुन्छ भने त्यो फोहोरि राजनीतिको पछि लाग्न छोडेर रबी लामिछानेले जस्तो काम गरेर देखाउनुहोस् । जति सहयोग तपार्इलाई तपार्इको नेताले गर्छन त्यो भन्दा बढी साथ अनि सहयोग हामी सबै देश तथा विदेशमा छरिएर बसेका नेपालीले समेत गर्ने छौ। यदि सक्नु हुन्न भने कलम चलाउन बन्द गरेर आफ्नो नामको अगाडिको त्यो पत्रकार भन्ने ट्याग हटाएर नेताको अघि पछि सेवा गर्न लाग्नुहोस् तर यसरी पत्रकारको नाममा राजनीति गर्दै राम्रो काम गर्नेको विरोध गर्दै नहिड्नुहोला ।

kathmandutoday बाट साभार

दिल निशानी लाइ मलेशियाबाट नेपालीको कडा प्रश्न ?

अस्ट्रेलिया बाट दिल निशानी मगर लाइ कडा जबाफ

रबि लामिछानेलाई नराम्रो भन्ने दिल निशानी माथि नेपाली चेलीको अहिले सम्मकै कडा जबाफ