अनमोललाई फिल्मबाटै आउट गर्ने योजना (भिडियोसहित)

पोखरा । अनमोलको कृ को विषयमा पछिल्लो समय विभिन्न प्रतिकृयाहरु आइरहेका छन् । पहिले लागौ के हो कृ तर्फ युवापुस्ताले साक्षत्कार गरिरहने प्रेमिल कथा हो, कृ । अनमोलको फ्यानका लागि यो कथा आफ्नै जीवन९भोगाइसँग मिलेमा ‘त्यो संयोग मात्र हुनेछ ।’ किनभने यसका ‘घटना तथा पात्रहरु काल्पनिक’ छन् ।

ब्रिटिश गोर्खाबाट पहिलो छुट्टीमा आएका लाहुरे अनमोल केसीलाई बिहे गराइदिन चाहन्छिन्, हजुरआमा । त्यसका लागि उनले करिब आधा दर्जन षोडासीलाई घरमै निम्त्यएका छन् । त्यसमध्ये एक जनालाई लाहुरेले छान्नुपर्ने हुन्छ । तर, लाहुरेले ति सबैलाई ‘रिजेक्ट’ गरिदिन्छन् ।
[youtube https://www.youtube.com/watch?v=JOWvxFO_FeM]
किनभने, गाउँमा सँगै हुर्किएकी आफ्नी बालसखा केशर अदिती बुढाथोकीलाई ‘लाहुरेनी’ बनाउने उनको भित्री चाह हुन्छ । बाल्यकालको त्यही चाहले डोहोर्‍याउँदै लाहुरेलाई एउटा पहाडी बस्तीमा पुर्‍याउँछ । संयोगले त्यहाँ उनको भेट तिनै बलसखा केसरसँग हुन्छ ।

अर्को संयोग, उनी तिनै केसरका पिता, जो अवकासप्राप्त लाहुरे हुन्, उनैको सम्पर्कमा पुग्छन् । उनकै पाहुना बन्न पुग्छन् । अब केसर र लाहुरे एउटै छानोमुनी आइपुग्छन् । लाहुरे त्यहाँ रहँदासम्म केसरले चिन्दैनन् । प्रेम पनि गर्दिनन् । तर, लाहुरेको मनमा भने केसरप्रति प्रेम पलाइसकेको छ । उनी आफ्नो परिचय लुकाएरै केसरलाई वशमा पार्ने दाउपेचमा लाग्छन् । आखिरमा मौका आउँछ, केसरसामु आफ्नो प्रेम पोख्ने । एक गोधुली साँझ लाहुरेले जब केसरलाई आफ्नो प्रेम व्यक्त गर्छन् तब केशर भन्छे, ‘म अरु कसैसँग प्रेममा छु । तिमीले मबाट जे चाहेका छौ, त्यो पाउने छैनौं ।’ केसरलाई थाहा छैन, आफ्नै सामुन्ने उभिएका लाहुरे उनका बालसखा ‘काजी’ हुन् । किनभने लाहुरेले त्यहाँ रहँदासम्म आफ्नो परिचय लुकाएका हुन्छन् ।

अब लाहुरे आफ्नो घर लाग्छ । जसै ऊ घरतिर लाग्छ, यता केसरले थाहा पाउँछे आफुले पर्खिरहेको काजी तिनै ‘परदेशी लाहुरे’ हुन् । त्यसपछि केशरले लाहुरेलाई फर्काउँछे रु उनीहरुको भेट होला रु यस्तै जिज्ञासाले तान्दै फिल्म अघि बढ्छ ।