को हुन् यी व्यक्ति जसले नेपालमा सहजै उतार्दै छन सलमान खान (हेर्नुहोस)

बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम सम्पन्न गर्ने ओडीसी इन्टरटेनमेन्टले नै सलमानलाई ल्याउन लागेको हो ।

साँच्चै भन्दा ब्रायन एडम्स नेपाल आएपछि नै हो, नेपालमा विदेशी गायक र गायिकाको कार्यक्रमले नियमितता पाएको । जस्तो ओडिसीले नै एडम्स ल्याएको अर्को वर्ष रक ब्यान्ड एमएलटीआर ल्यायो । हवाई टिकट र आतिथ्यताबाहेक नै ब्यान्डलाई ओडिसीले एक लाख डलर दिएको थियो । त्यसैगरी २०६९ मंसिर १५ मा बलिउडको पाश्र्व गायनमा प्रभाव जमाइरहेका पाकिस्तानी गायक आतिफ अस्लमलले टुँडिखेलमा गरेको कन्सर्ट पनि सम्झनलायक मानियो ।

यसरी एकपछि अर्को सफल कार्यक्रम आयोजना गर्दैआएको ओडिसी डीप पर्पलको असफल घटनापछि पाँच वर्ष सुस्तायो । तर, फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग – द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा भने सलमान खान लाई उतारेरै छोड्ने ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरूङ बताउँछन् ।

सीमान्तका अनुसार सलमानसहित प्रभु देवा, कृती सेनन्, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका कलाकार नेपाल आउने भएका छन् । हेर्नुस् भिडियोमा –