को हुन् सामाजिक संजालमा एकाएक भाईरल भएकी यी युवती ?

एजेन्सी/ आजकल चर्चामा आउन एउटा अवसर चाहिन्छ । त्यस्तै यतिबेला समाजिक संजालमा एक युवतीको तस्वीर भाइरल भइरहेका छन् । तस्वीर भाइरल भएको युवती प्रिया प्रकाश वारियर केरल हुन् ।

भारतीय मिडियाहरुले युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् भनेर लेखेका छन्। ट्वीटरमा पनि उनको नाम शिर्ष १० मा छ । धेरैले उनको तस्वीरमा लोभलाग्दा कमेन्ट पनि गरेका छन् । उनी भारतको मलयाली नायिका हुन् । १८ वर्षीया प्रिया केरलको त्रिशुरमा बस्छिन् । उनको डेब्यू फिल्म ओरु अदार लभ हो ।