आमा । थानेश्वर गौतम को मन रुवाउने आमा गीत । भिडियो

काठमान्डौं – ‘बिर्सिएर शृङ्गारमा गाजल लगाईनछ्यौ’ भन्ने गीतले चर्चाको शिखरमा पुगेका गजल गायक थानेश्वर गौतमले आफ्नी प्यारी ममतामयी माताको सम्झनामा ‘आमा’ बोलको गित बजारमा ल्याएका छन । शास्त्रीय संगितमा स्नाकोत्तर गौतम आमा बोलको गीतले अहिले चर्चा बटुलेका छन ।

चर्चित गायक गौतमले आफ्नो आमा नहुदाको पिडालाई गित मार्फत पोखेका छन । नौ महिना कोखमा राखेर जन्माई पालनपोषणका लागि दिनरात नभनी खट्नुहुने ममतामयी माता साथमा नहुंदा सिर्जित शुन्यतालाई गीत मार्फत प्रस्तुत गरेका गौतमले बडो मेहनतका साथ आमा गीत बजारमा ल्याएका हुन ।

संगीतको गहिरो अध्ययन पश्चात संगितमा लागेको छोटो समयमै धेरैको मनमुटुमा बसेका गौतमले गाएका सबै गित उत्तिकै लोकप्रिय छ्न । यो गितमा भने गौतमको वास्तविकत जिवनको भोगाईलाई गित बनाएको भन्छन । गौतमको आफ्नै स्वर संगीत रहेको गीतमा अन्य गीत जत्तिकै निकै फरक शैलीबाट यो आमा गीत सार्वजानिक गरिएको गौतम बनाउंछन ।

सालैजो, लोक गित, गजल, फिल्मी र सबै गित गौतमका निकै चर्चामा छन । बिशेषत: गजल गित गाउंदा अलि बढी आनन्द आउने बताउने गायक गौतम आफ्नी आमाको सम्झनाको यो गीतले आफ्नो मनको बह पोखेको बताउंछन ।

गजल, मार्यो नि मायाले, स्याङ्जा गए पाल्पा गए, सिन्दुर लाउने हौली माया, छ म सङ्ग सबै छ, पिउने पनि रहर छ जिउने पनि रहर छ लगायत एक सय भन्दा बढी गितमा स्वर संगीत गरिसकेका छन । छम छम्ति पाउजुहरु बजाएर नाच, राम प्यारी फिल्मी गित निकै चर्चित गित हो ।
गायक तथा संगीतकार गौतम देश बिदेशमा पनि स्टेज कार्यक्रमहरुमा पनि निकै व्यस्त छन, गौतम । आफ्नो नशा-नशामा संगीत रहेको बताउने गौतम आमाको गीतले आफुलाई सफलता भन्दा पनि अनुभुतीको प्रस्फुटीकरणको सिर्जना भएको बताउंछन ।

(खुल्लामंच डट कमको सहयोगमा)

गीतको भिडियो हेर्नुहोस् :