‘भ्यालेन्टाईन डे’ स्पेशल कमेडी, दाह्रीले पट्टायो तरुनी (भिडियो)

१४ फ्रेबुअरी अर्थात प्रेम दिवस । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो–अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई इ.पू. २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । यस भिडियोमा यस्तै एक जना प्रेममा पर्न चाहेको व्यक्तिको कथालाई देखाउन खोजिएको छ । दाह्री लामो भएका कारण उसलाई कसैले पनि मन पराउँदैनन् । उ निरास हुदँैन । उसले अनेक उपाए लगाउनँछ केटी पट्टउनको लागी । हेरौं यो ‘भ्यालेन्टाईन डे’ स्पेशल कमेडी ।
[youtube https://www.youtube.com/watch?v=F63fY6sIwlQ&w=700&h=480]