वि.सं. २०७४ फाल्गुन ०१ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी १३ तारिख


आज वि.सं. २०७४ फाल्गुन ०१ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी १३ तारिख,

आजको चाडपर्व र उत्सव : फाल्गुन सङ्क्रान्ति, महाशिवरात्री, भौम प्रदोष व्रत, पिण्डेश्वर धाम (धरान, सुनसरी), हलेसी महादेव, पशुपतिनाथ लगायत समस्त शिवालय र शिवमन्दिरमा उत्सव, जात्रा, मेला आदि, शिलाचह्रेपूजा (नेवारी पर्व),

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,

फाल्गुन कृष्णपक्षको त्रयोदशी तिथि, बेलुका १०:५३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि,

उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०५:२३ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र,

आजको चन्द्रमा धनु राशिमा, बिहान ०९:२९ बजेसम्म, त्यसपछि मकर राशिमा,

सिद्धि योग, दिउँसो ०३:१७ बजेसम्म, त्यसपछि व्यतिपात योग,

सुरुमा गर करण बिहान ०९:५२ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:५४ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो ०३:०५ देखि ०४:२८ सम्म

यमघण्ट : बिहान ०९:३२ देखि १०:५६ सम्म

गुलिक काल : दिउँसो १२:१९ देखि ०१:४२ सम्म

आजको वारवेला :–

रोग वारवेला : बिहान ०६:४६ देखि ०८:०९ सम्म, साँझ ०४:२८ देखि ०७:२८ सम्म र मध्यरात्रीपछि ०५:१० देखि ०६:४६ सम्म

काल वारवेला : दिउँसो ०१:४२ देखि ०३:०५ सम्म र बेलुका ०७:२८ देखि ०९:०५ सम्म

लाभ वारवेला : दिउँसो १०:५६ देखि १२:१९ सम्म र बेलुका ०९:०५ देखि १०:४२ सम्म

उद्वेग वारवेला : बिहान ०८:०९ देखि ०९:३२ सम्म र बेलुका १०:४२ देखि १२:१९ सम्म

शुभ वारवेला : दिउँसो ०३:०५ देखि ०४:२८ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५६ सम्म

अमृत वारवेला : दिउँसो १२:१९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३२ सम्म

चर वारवेला : बिहान ०९:३२ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३२ देखि ०५:१० सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

परिश्रम गरेमा भाग्यले साथ दिने समय छ । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजबाट मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । जीवनसाथी वा प्रेमी/प्रेमिकालाई समय दिनु राम्रो हुन्छ, नत्र दाम्पत्य सम्बन्ध वा प्रेमी/प्रेमिकाका बीचमा चिसोपन बढ्ने सङ्केत छ । बन्दव्यापार सामान्य नै रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दिनभरि सामाजिक क्षेत्रमा सक्रियता बढ्ने समय छ । मनमा उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी र पारिवारिक झैझमेलामा पनि केही समय प्रदान गर्नु पर्नेछ । मातापिता वा अभिभावकवर्गका चाहनालाई बेवास्ता गर्नु हुँदैन । तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ ।
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com