कस्तो छ कृ ? यस्तो हुदा पनि अनमोल तनाबमा !

अभिनेता भुवन केसीका छोरा हुन् अनमोल । तर, अब उनलाई भुवनको नामले चिनाइरहनु पर्दैन । ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ फिल्मले उनलाई सुपरस्टार अभिनेताका रूपमा स्थापित गराइसकेको छ । ‘साथी म तिम्रो’ फिल्मबाट डेब्यू गरेका उनी युवा पुस्तामाझ निकै लोकप्रिय छन् ।
शुक्रवारबाट २ वर्षपछि पर्दामा फर्किएका अनमोल स्टारर फिल्म ‘कृ’ देशैभर रिलिज भयो । १ सय १५ हलमा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले यतिबेला एकपछि अर्को गर्दै रेकर्ड ब्रेक गरिरहेको छ । प्रदर्शनको पहिलो दिन ६५ प्रतिशत रहेको फिल्मको अकुपेन्सी शनिवार शतप्रतिशत रह्यो । शनिवार हलमा देखिएको दर्शकको अत्याधिक चापले पनि अनमोल वास्तवमै नेपालका सुपरस्टार अभिनेता हुन् भन्ने कुरा प्रमाणित गर्छ ।
शनिवार २ बजे अनमोल गोपीकृष्ण हलमा दर्शकसँग साक्षात्कार गर्ने भएपछि फिल्मीखबरको टीम पनि त्यहाँ पुग्यो । पत्रकार मनिष अन्जानसँग फोटोग्राफर विवेक बस्याल पनि साथमा थिए । झण्डै २ बजेको सेरोफेरोमा प्रहरीको एक भ्यानले ओम अस्पतालको सडकबाट स्कटिङ गरेर अनमोलको गाडी गोपीकृष्ण हल छिरायो । भीड कति थियो त्यो त तपाईहरुले मिडियोमार्फत पनि हेरिसक्नु भएको छ ।

[youtube https://www.youtube.com/watch?v=OpbctGpJyYg]