कान्तिपुर आइडलमा फ़ाइनलिस्ट छानिए

सनराज़ इन्टर टेन्ट्मेन्ट प्रा. लि को आयोजना मा भैरहेको कार्यक्रम ”कान्तिपुर आइडल ” खुल्ला गायन तथा नृत्य प्रतियोगिता को अन्तिम तयारी भैरहेको छ l करिब १००० जना प्रतिस्पधी लाई पछाडी पारेर अहिले फाइनल मा प्रवेस गरेका छन् , जसमा गायन तर्फ़ अभिषेक पोख्रेल , राजेश गहतराज ,समिर खरेल .उपेन्द्र सहयात्री राई र रंजन सोतांग राई छन् भने नृत्य तर्फ़ आर्या सुबेदी ,सलोनी मल्ल ,दिलिप तामांग , कविता राई , गणेश श्रेष्ठ रहेका छन् l

भद्र ३१ गते देखि सुरु भएको उक्त कार्यक्रम हरेक हप्ता माउन्टेन टेलिभिजन बाट प्रसारण हुदै आइरहेको छ ,यस कार्यक्रम मा गायन तर्फ़ निर्णायक मा आनन्द कार्की र राज सिग्देल रहेका छन् भने नृत्य तर्फ़ राजेन्द्र कमल राई रहेका छन् l यस कार्यक्रम का आयोजक सन्तोष शर्मा र राजन कार्की रहेका छन् l [youtube https://www.youtube.com/watch?v=5czRnZwYSYU?autoplay=1&w=560&h=315]]