कसाङ तामाङको मौलिक भाका “सिन्धु मेलम्ची हाम्रो गाउँ” (भिडियो सहित ) सार्वजनिक

रोशन पोखरेल विराटनगर माघ २७
सफलता म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धुपाल्चोक जिल्लाको पर्यटनको विकाशको चिनारी स्वरुप कसाङ तामाङको पहिलो लोकदोहोरी सिन्धु मेलम्ची हाम्रो गाउँ बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक छ ।गायक कसाङ तामाङ र गायिका गितादेवीको आवाजमा रहेको गीतमा पर्यटन विकाश गर्नको लागी आफु जन्मेको ठाउँमा आउन आग्रह गरेका छन । स्वर्ग जस्तै प्यारो ठाउँ सिन्धुपाल्चोकको विभिन्न मठमन्दिर , गुम्वा र पर्यटकिय स्थाजनको बर्णन गितमा गरिएको छ । गायिका गितादेवीले आफना दर्शक तथा श्रोतालाई सिन्धुपाल्चोक मा भएका प्रकृतिक सम्पदाको दृश्यावलोकन गर्नको लागी सबैलाई अनुरोध गरेकी छन । कसाङ तामाङको शब्द र संगीत गितमा रहेको छ् । म्युजिक नेपालले सार्वजनिक गरेको म्युजिक भिडियोमा काजिश श्रेष्ठ, करिष्मा ढकाल, बविता श्रेष्ठ, र संजिव ठकुरीको अभिनय रहेको छ । रमेश श्रेष्ठले गितको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई शक्ति प्रजोल घिमिरेले सम्पादन र सागर गौत्तमले छायांकन गरेका छन ।

हेर्नुहोस भिडियो