बुद्दको मुर्ति बोकेर सगरमाथाबाट संसार देखाउने चेली हरु? भिडियो सहित !

शरिन ख्युङ्वा तामाङ,
भारतले बुद्ध भारतीय हुन भन्दा फेसबुक संजालमा बार्ह हात उफृने नेपालीहरु आज यति ठूलो एतिहासिक जिम्मेवारी बोकेर बिश्वलाई भ्रम छर्ने भारतीय बिस्तारबादलाइ जवाफ् दिन अहोरात्र खटिएका अभियन्ताहरु प्रती कुनै चासो नदेखाएको देख्दा बडो दुख लागेको छ.. यत्तिकै हामिलाइ हाम्रा नेताहरू र भारतीय हरुले थाङ्नामा सुताउने गरेको होइन त्यसमा हामी आफै जिम्मेवारी छौ हाम्रै निकम्मा को बाबजुद परिणामस्वरूप हामी हेपिएका हौ । हेरौ भिडियो सक्दो शेयर गरौ अनि सहयोग गरौ !

गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो ।

उहाँहरुले आगामी चैत २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले जानकारी दिनुभयो ।

छोकीले पत्रकार सम्मेलनमा भन्नुभयो, “वैदेशिक रोजगारीको शिलशिलामा चार वर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गीलाई गौतमबुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको हो । ”

दक्षिण कोरियाको पाठ्यपुस्तकमा हालसम्म पनि बुद्ध भारतमा जन्मेको भन्नेकुरा त्यहाँका बालबालिकाले पढिरहेको बताउँदै उहाँले दक्षिण कोरिया, भियतनाम र चीनका केही स्थानमा साथीहरुसँगको भेटमा पनि उनीहरुमा बुद्धको जन्मबारे भ्रम रहेको पाइएकाले वास्तविक जानकारी गराउन आफू सगरमाथा आरोहण गर्न लागेको हो भन्नुभयो ।

आफै पनि वैदेशिक रोजगारबाट फर्केको र विदेशमा गएर विभिन्न हिंसामा प्रताडित नेपाली दिदीबहिनीलाई आफ्नै देशमा फर्किएर देशकै पर्यटन विकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्न प्रयास गर्ने चाहना रहेको छोकीले बताउनुभयो ।

उहाँहरूलाई भ्रमणका लागि केही सामग्री खरिद गर्न केही संस्थाले सहयोग गरेपनि आर्थिक अभाब भएकाले थप सहयोगका लागि विभिन्न संघ संस्थाका साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिलसमेत गर्नुभएको छ | रासस

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बिभिन्न देशमा रहेर देशका लागि केही गरिरहेका, केही गर्न खोजिरहेका र देशको गरिमा बढाउने काम गरिरहेका ब्यक्तिहरु (बुद्धको जन्मस्थलबारे विस्वमा फैलिएको भ्रम चिर्ने उद्धेश्यका साथ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने योजना गर्नेमध्येकी छोकी शेर्पा, राष्ट्र संघमा सबैभन्दा कम उमेरमा मन्तब्य दिने महिला रोमी गिरी, सीमानामा काँडेतार अभियानका अभियन्ता राष्ट्रबादी नायक नवल खड्का, सिनियर सीमाबिद बुद्धी नारायण श्रेष्ठ, जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा विस्व सम्पदा सूचिमा राख्ने उद्धेस्यका साथ अहोरात्र खटिएर बुद्ध मूर्ति कुँदिरहनेमध्येका आधुनिक “अरनिको” मन्जुल मितेरी, महिलाहरुको आर्थिक सशक्तिकरणका ग्लोबल च्याम्पियन कन्चन अमात्य आदि) संग गर्नुहुने छोटो, मीठो र महत्वपूर्ण कुराकानीहरुलाई स्कट नेपाल मार्फत लाइभ प्रसारण गरिने ।
प्रतिक्षा गर्नुहोस ।