सलमान खानसँग यसकारण नाच्दिनन् स्वस्तिमा(भिडियो)

पोखरा । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउँदैछन् । मार्च १० मा आयोजना हुन लागेको ‘दबंग टुर’मा उनी आफ्नो टिमसहित नेपाल आउँदैछन् । सलमानको यो शो हेर्नका लागि ५० हजार दर्शक हुने अपेक्षा आयोजक ओडीसी गुप्रले गरेको छ ।

तर, यो शोका लागि नेपाली चलचित्रका चर्चित नायिकाहरुलाई सित्तैमा कोरस नृत्यका लागि प्रस्ताव गरिएको दाबी गरे । जुन, प्रस्तावलाई नेपाली नायिकाहरुले अस्विकार गरेको बताए । यसै सन्दर्भमा अनलाइनखबरले आयोजक ओडीसी नेपालसँग सम्पर्क गर्दा ‘कुनैपनि कलाकारलाई निशुल्क रुपमा नृत्यको लागि प्रस्ताव नगरिएको’ जिकिर गरे ।

नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिसा राइलाई सलमानसँग कोरस नाच्नका लागि अफर गरिएको ति अभिनेत्रीहरुले बताए । सेलेब्स म्यानेजमेन्ट कम्पनीले यो कार्यक्रमको लागि नेपाली सेलिब्रेटीको व्यवस्थापन मिलाउनेे जिम्मा लिएको छ ।
[youtube https://www.youtube.com/watch?v=yCeWcJJo1kk]

वुझिएअनुसार ८ जना नायिकालाई यो अफर गरिएको थियो । जसमा,४-४ जनाले पृष्ठभूमीमा नाचेर सलमानलाई साथ दिनुपर्नेछ । नायिका स्वस्तिमा खड्काले अनलाइनखबरसँग भनिन्-‘हामीलाई निकै तल्लो स्तरको व्यवहार गरियो । सलमानको शो भनेपछि नेपाली नायिकाहरु त्यसै दौडिएर आउँछन् भन्ने वुझाई आयोजकमा रहेछ ।’
स्वस्तिमाले आफूले कोरस नाच्न अस्वीकार गरेको बताइन् । स्वस्तिमाले भनिन्-‘हामीले कोरस नाँच्दैनौ, सिंगल गीतमा हो भने नाच्छौं भनेपछि २५ जना कोरस, उनीहरुको ड्रेस र उनीहरुलाई पारिश्रमिकको व्यवस्था पनि हामी आफैले गर्नुपर्ने भनियो । जुन स्वीकार गर्न सक्ने कुरै थिएन ।’