प्रियंका, स्वस्तिमा र एलिशाले सलमान खानसँग नाच्नु अस्विकार गरे यस कारण :

मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार गरेका छन् ।

उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्वकार गरेका हुन् । नायिकाहरुले आफूहरुलाई अपमान गर्ने गरी प्रस्ताव गरिएको आरोप लगाएका छन् । हिन्दी गितमाच सलमान खानको कोरस भएर नाच्नु पर्ने प्रस्तावलाई उनीहरुले अपमानजनक भनेका हुन् ।

पारिश्रमिक पनि निकै थोरै प्रस्ताव गरेको नायिकाहरुको गुनासो छ ।

स्रोतको अनुसार एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव थियो ।
नयिकाहरुले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरेका छन् ।

नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने भएका छन् । यस विषयमा सलमान खानालाई जानकारी गराउँदा आश्चर्य प्रकट गरेका थिए ।

कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको बताइए पनि नेपाली नायिकहरुले भने विदेशी हिरोसँग कोरसमा नाच्न नमान्नुलाई उचित निर्णयको रुपमा लिइएको छ ।

रिपोटर्सनेपालबाट

प्रकाशित मिति: २०७४ माघ २५ ,बिहिबार