रामकुमार श्रेष्ठ स्तम्भ लेखकका रुपमा

कान्तिपुर, गोर्खापत्र, राइजिङ नेपाल, काठमाण्डौं पोस्ट, अनलाइन खबर, रातो पाटी, सेतो पाटी, मधुपर्क लगायत धेरै पत्रिका र केही अन्तराष्ट्रिय पत्रिकाहरुमा लेखहरु प्रकाशित गरिसक्नु भएका रामकुमार श्रेष्ठले स्कट नेपालका लागि स्तम्भ लेखकका रुपमा नियमित रुपमा लेख प्रकाशित गर्न सहमत हुनु भएको छ ।

पेशाले इन्जिनियर श्रेष्ठ वुद्धको जन्मस्थल बिषयलाई लिएर विस्वब्यापी रुपमा सिर्जना भएको भ्रम निवारण गर्ने अभिप्रायले कृयाशील विस्वब्यापी अभियान लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय कलाकार समाज “इनास” का विस्व सल्लाहकार र थुप्रै संस्थाका सल्लाहकार हुनुहुन्छ । यो अभियान शुरु हुनु अगावै २००९ सालमा भएको भारतीय ज्यादतीका बिरुद्ध १५ जुन, २००९ मा फेसबुक मार्फत गरिएको विस्वब्यापी बिरोधको मुख्य अभियन्ताको रुपमा भूमिका निर्बाह गर्नु भएको थियो उहाँले ।

बिभिन्न किसिमले ग्रेटर नेपालको मर्मलाई भावी पुस्तामा पुर्याउने कामले कुनै न कुनै रुपमा निरन्तरता कायम गरिनु पर्छ भन्ने उद्धेस्यका साथ यस्लाई बिभिन्न किसिमबाट निरन्तरता दिने भूमिका निर्बाह गर्ने ब्यक्तिमध्येमा पनि पर्नु हुन्छ उहाँ ।

श्रेष्ठको स्तम्भ लेखन अप्रिलको पहिलो हप्ताको बुधवार (अप्रिल १० तारिख) बाट शुरु गरिनेछ र पाक्षिक रुपमा यस्लाई निरन्तरता दिइनेछ ।