कान्छी श्रीमतीको जवानीमा लिप्त भएर मलाई हेला गरे : कथा ” सौता व्यहोर्दा (भिडियोमा)

कथा ” सौता व्यहोर्दा
मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ ।
हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो उमेरमा बाबुआमाको लाड प्यार न्यानु काख छोडेर रबिको जिन्दगीसँग जोडिएर रबिको जीवनसाथी भएँ । सुरुमा अलि नौलो लागे पनि बिस्तारी रबिको भरपुर माया पाउन सफल भएँ । रबिको मायामा भुल्लिँदै गएँ । हामी एकअर्कामा हराउँदै गयौँ । रबि अफिस जाँदा पनि पटकपटक मलाई फोन गर्थे । रबि जहाँ जाँदापनि मैले बाटो हेरेर बसिरहन्थेँ ।

कान्छी श्रीमतीको जवानीमा लिप्त भएर रबिले मलाई हेला गरे –
Writer : kalpana Kharel
Vocal : Tika Adhikari