ताम्राकार बने अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्य बिजय सापकोटाका प्रेस सल्लाहकार

काठमाडौं – नेपालबाट जापान आएर आफ्नो प्रतिभा र क्षमता अनुशार पत्रकारिता, समाज सेवा र आफ्नो पेशामा जमेका युबा एच बि ताम्राकार अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्य बिजय सापकोटाका प्रेस सल्लाहकारमा नियुक्त भएका हुनु भएको छ।

सापकोटा(अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्य तथा अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी संगठनका अध्यक्ष )समेत हुनु हुन्छ। पुर्बी एसिया बिसेष गरि जापानका मेरा गतिबिधि हरु बारे उपयुक्त सल्लाह र सहयोगको लागि ताम्राकारलाई सल्लाहकारमा राखेको सापकोटाले बताउनु भएको छ।

“नेपालबाट बाहिर भएपछी आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाइ अन्तरास्टियकरण गर्नु हामि सबै को कर्तब्य हो, साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपाल को हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो,सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्यु लाइ नियुक्त गरेको हु”सापकोटाले भन्नू भयो।